• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRJindagi Rocks
  • UP NEXTDhorbarahi Highlights

झरौटामा मलमास सत्संग ज्ञान यज्ञ आजबाट

दुलेगौडा । समाजमा मलमास अर्थात पुरुषोत्तममासको महिमाबारे जानकारी दिने उदेश्यले बुधबारदेखि शुक्लागण्डकी नगरपालिका ५ झरौटामा सत्संग ज्ञान यज्ञ सुरु हुने भएको छ ।

 

शिव पाञ्चायन मन्दिर संरक्षण समितिका आयोजनामा आगामी १७ गते अर्थात पाँच दिनसम्म यज्ञ आयोजना गरिएको हो । यज्ञ विशुद्ध रुपमा धार्मिक सचेतना फैलाउनका लागि आयोजना गरिएको समितिका अध्यक्ष केशवराज अधिकारीले जानकारी दिनुभयो ।

 

यज्ञमा आचार्य पण्डित ऋषिराम पौडेलले संगितमय कथा प्रवचन गर्ने र अन्य धार्मिक क्रियाकलापहरु गरिने आयोजकले जनाएको छ । बुधबार विहान ८ बजेदेखि कलश यात्रा सहित यज्ञको शुभारम्भ गर्ने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले

ब्लड क्यान्सर पीडित दुई वर्षीय शिवान्स पौडेललाई तालवेशी शान्ति टोलको आर्थिक सहयोग

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मालेबगरस्थित तालवेशी शान्ति टोलले ब्लड क्यान्सरबाट पीडित दुई वर्षीय शिवान्स पौडेलको उपचारका