• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन

दुलेगौँडा ।  तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी प्रदेशमा रगतको अभावका कारण समस्या सिर्जना हुन नदिन र आफ्नो बार्षिक कार्यक्रमको निरन्तरताको लागि रक्तदान कार्यक्रम आयोजना गरेको हो । 


कार्यक्रममा लायन्स क्लव डिष्ट्रिक ३२५ एम का गभर्नर लायन रत्नप्रसाद पराजुलीले लायन्स क्लवले सामाजिक सेवामा महत्वपूर्ण योगदान दिदै बताउदै लायन्सको उदेश्य अनुसार कार्यक्रम गर्न यो क्लव सक्रिय भएर लागेको बताउनुभयो । यस्तै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले लायन्सले मानवीय हितको कार्यलाई प्राथमिकता दिदै आएकोमा खुशी ब्यक्त गर्दै लायन्स क्लवका सदस्य भएर काम गरेको अनुभव सुनाउनुभएको थियो ।   

 


कार्यक्रममा डिष्ट्रिकका भाइस पे्रसिडेन्ड लायन किशोर बराल, शुक्लागण्डकी नगरपालिका ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लगायतले लायन्स क्लवहरुको कार्य प्रसंशा योग्य रहेको भन्दै सामाजिक विकासमा अझै सक्रिय बन्न आग्रह गरे ।

 

रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमले गण्डकी प्रदेशमा रगत अभावबाट हुनसक्ने जोखिम न्यूनिकरण गर्न सहयोग पुगेको अध्यक्ष लायन देवेन्द्र ढुंगानाले विस्वास ब्यक्त गर्नुभयो ।

 

उहाँले विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तीहरुको उत्साहपुर्वक सहभागिताप्रति आभार ब्यक्त गर्दै गत बर्षको सर्वाधिक रक्तसंकलन गर्ने रेकर्ड व्रेकभएको समेत जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष यही क्लवले ३७२ पिन्ट रगत संकलन गरेर एउटा कार्यक्रमबाट देशमै सर्वाधिक रक्त संकलन गरेको किर्तिमान बनाएको थियो ।

प्रतिकृया दिनुहोस

दुलेगौँडामा भोली रक्तदान कार्यक्रम आयोजना गरिदै

दुलेगौँडा । रगत अभावको कारण उपन्न हुन सक्ने स्थितीलाई मध्येनजर गरेर शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

भिमादमा सर्वसाधारणलाई लक्षित गरेर अत्याधुनिक धारा जडान

भिमाद। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका

गृहजिल्ला आएर काँग्रेस महामन्त्रीले गरे सरकारको आलोचना

दुलेगौंडा । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले रास्वपा नेतृत्वको सरकारले जनस्तरमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाउनुभएको छ