• आइतबार ५-७-२०८३/Sunday 08-23-2026
  • ON AIR
  • UP NEXTOpening Tone

पोखरादेखि ढोरबाराही मन्दिरसम्म साइकल यात्रा हुने

दुलेगौँडा । स्वास्थ्य, वातावरण संरक्षण र इन्धनको खपत घटाउने सन्देश प्रवाह गर्न पोखरादेखि तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरसम्म बृहत् साइकल यात्रा हुने भएको छ ।

 

शुक्लागण्डकी साइकल क्लब र साइकल सिटी पोखराको आयोजना तथा व्यवस्थापनमा शनिबार(voli) साइकल यात्रा हुन लागेको हो । यात्रामा पोखरा र शुक्लागण्डकी क्षेत्रका सयौँ साइकल प्रयोगकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ । शुक्लागण्डकी साइकल क्लबका संयोजक त्रिलोचन लम्सालका अनुसार साइकल यात्रीहरू शनिबार बिहान ६ बजे पोखराबाट प्रस्थान गर्नेछन् । बिहान ७ बजे शुक्लागण्डकीको कोत्रेमा स्वागत गरिएपछि संयुक्त रूपमा साइकल यात्रा अघि बढाइनेछ । यात्रा खैरेनीटारसम्म पुग्ने र त्यहाँबाट फर्किएर ढोरबाराही मन्दिर हुँदै शुक्लागण्डकीको  मुक्तिनाथ च्यवनधाममा पुगेर समापन गरिने लम्सालले जानकारी दिनुभयो ।

 

अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मोटोपन तथा दीर्घरोगको समस्या बढ्दै गएपछि स्वास्थ्यप्रति सचेतना जगाउन साइकल चलाउने अभियान प्रभावकारी बन्दै गएको आयोजकको भनाइ छ । पछिल्लो समय शुक्लागण्डकी क्षेत्रमा पनि साइकल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

सकियो लेखनाथ महोत्सव, तीन लाख ३५ हजार दर्शकले गरे अवलोकन

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ सञ्चालित २१ औं लेखनाथ महोत्सव ११ करोडभन्दा बढीको

क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई 

पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको

कोल्मामा क्रसकन्ट्रि दौड प्रतियोगिता हुने 

स्याङ्जा ।  स्याङ्गजा कोल्माको विकासका लागि यस बर्ष पनि क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । बसाइसराई र विदेश मोहका कारण रित्तिदै जान थालेको