• बिहीबार ५-१८-२०८३/Thursday 09-03-2026
  • ON AIRFilmy Sansar
  • UP NEXTGandaki Khabar

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरेका छन् ।

 

गल्छिनास्थित नेपाल मुस्लिम सेवा समितिले समुदायमा राहत संकलन अभियान सञ्चालन गरी रकम जुटाएको हो । समितिका अध्यक्ष महोम्मद हुसेन मियाँका अनुसार गत शुक्रबार जुम्माको नमाजका लागि मस्जिदमा भेला भएका समुदायका सदस्य तथा घरदैलो अभियानमार्फत रकम संकलन गरिएको हो।

 

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकिएको अध्यक्ष मियाँले जानकारी दिनुभयो । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले समुदायले अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले

ब्लड क्यान्सर पीडित दुई वर्षीय शिवान्स पौडेललाई तालवेशी शान्ति टोलको आर्थिक सहयोग

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मालेबगरस्थित तालवेशी शान्ति टोलले ब्लड क्यान्सरबाट पीडित दुई वर्षीय शिवान्स पौडेलको उपचारका

मृगौला पीडित अमृतलाई आर्थिक सहयोग

भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा