• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
  • ON AIRFacebook.com
  • UP NEXTNepal Khabar

खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम 

खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी प्रतियोगितामा अन्य समूहलाई पछि पार्दै सिद्धार्थ आमा समूह प्रथम भएको आयोजकले जनाएको छ।

May be an image of one or more people and text

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको वडा नम्बर ६ र ७ व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उन्नतिशील आमा समूह, दुलेगौँडा द्वितीय र फुलबारी आमा समूह, खैरेनीटार तृतीय भएका छन्।

 

प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा क्षत्री समाज, दुलेगौँडा सान्त्वना भएको छ। सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

No description available.

यस्तै, विद्यालयस्तरीय नृत्य प्रतियोगितामा बालविद्या मन्दिर माध्यमिक विद्यालय, दुलेगौँडा प्रथम, खैरेनी माध्यमिक विद्यालय, खैरेनीटार द्वितीय र ज्ञान बगैँचा इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन्। उनीहरूले क्रमशः ७ हजार ५ सय, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका कला लम्सालले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गर्नुभएको थियो ।

No description available.

प्रतिकृया दिनुहोस

दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व

दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग

बाढीमा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा दीप प्रज्वलन

बेलचौतारा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा हालसम्म बेपत्ता भएकाहरूको सम्झनामा तनहुँको शुक्लागण्डकीमा दीप प्रज्वलनसहित मौन

मन्टेश्वरीका विद्यार्थीलेसमेत सम्झिए बाढी प्रभावितलाई 

ढोरफिर्दी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित आदर्श विद्यामन्दिर मन्टेश्वरी स्कुलमा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान