• शनिबार ६-२४-२०८३/Saturday 10-10-2026
  • ON AIR
  • UP NEXTOpening Tone

शुक्लागण्डकीमा संगठित बने भारतीय पूर्वसैनिक

खैरेनीटार । भारतीय सेनाबाट अवकाश प्राप्त पूर्वसैनिकहरू शुक्लागण्डकीमा संगठित भएका छन् । गैरराजनीतिक रूपमा सामाजिक सेवामा सक्रिय हुने उद्देश्यले नगर क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्दै आएका भारतीय पूर्वसैनिकहरू संगठित भएका हुन् ।

खैरेनीटारमा बुधबार भएको भेलाले ‘भूपू सैनिक सहायता संघ’ गठन गर्ने निर्णय गरेको छ । भेलाले कमल रानाको संरक्षकत्वमा १३ सदस्यीय तदर्थ समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्षमा कृष्ण दर्लामी, वरिष्ठ उपाध्यक्षमा एपोलो थापा, उपाध्यक्षमा श्रीराम आले, सचिवमा प्रताप राना, कोषाध्यक्षमा ढालबहादुर आले, सहसचिवमा रकिमबहादुर राना र सहकोषाध्यक्षमा मेघबहादुर राना चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा गंगा थापा, राजु राना, दुर्गाबहादुर आले, रनबहादुर राना, पहलसिं थापा र मिनबहादुर थापा रहनुभएको छ ।

 

संघको सल्लाहकारमा यामबहादुर आले, पदमबहादुर आले, विष्णुबहादुर थापा, रामबहादुर थापा र मेखबहादुर थापा चयन हुनुभएको छ । संघका तदर्थ समितिका अध्यक्ष कृष्ण दर्लामीले विपद् उद्धार, खेलाडी उत्पादन तथा आर्थिक र न्यायिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले संघ गठन गरिएको बताउनुभयो । भारतीय सेनामा कार्यरत रहँदा सिकेका सीप, अनुभव र अनुशासनलाई नेपाली समाजको विकासमा सदुपयोग गर्ने उद्देश्यले पूर्वसैनिकहरू संगठित भएको उहाँको भनाइ छ । समाजमा आवश्यक पर्दा आर्थिक, भौतिक तथा नैतिक सहयोग उपलब्ध गराउन संघमार्फत पूर्वसैनिकहरू सक्रिय हुने अध्यक्ष दर्लामीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले

ब्लड क्यान्सर पीडित दुई वर्षीय शिवान्स पौडेललाई तालवेशी शान्ति टोलको आर्थिक सहयोग

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मालेबगरस्थित तालवेशी शान्ति टोलले ब्लड क्यान्सरबाट पीडित दुई वर्षीय शिवान्स पौडेलको उपचारका

↑