• बिहीबार ७-१३-२०८३/Thursday 10-29-2026
  • ON AIRAadhyatmik Sandesh
  • UP NEXTDhorbarahi Highlights

शुक्लागण्डकीको म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी, दुई ट्याक्टर पक्राउ 

बेलचौतारा ।  तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका सिमामा पर्ने सेति/म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी गर्ने दुई ट्याक्टरलाई नियन्त्रणमा लिइएरहेको छ ।

 


जिल्ला प्रहरी कार्यालयले शुक्लागण्डकी नगरपालिका ७ मा नदीजन्य पदार्थको चोरी गरीरहेको अवस्थामा दुई ट्याक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिएता पनि चालक र ट्याक्टरको नम्वर भने खुलाएको छैन ।

 

हामीले प्राप्त गरेको जानकारी अनुसार राति २ बजेको समयमा बालुवा बोकिरहेको अवस्थामा ग १ त ९३५ र ग १ त १८१५ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । 


जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ती ट्याक्टरहरुलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएर शुक्लागण्डकी नगरपालिकामा बुझाएको थियो । नगरपालिकाले प्रति ट्याक्टर १२/१२ हजार जरिवाना तिराएर छोडेको छ । 
 

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीमा संगठित बने भारतीय पूर्वसैनिक

खैरेनीटार । भारतीय सेनाबाट अवकाश प्राप्त पूर्वसैनिकहरू शुक्लागण्डकीमा संगठित भएका छन् । गैरराजनीतिक रूपमा सामाजिक सेवामा सक्रिय हुने उद्देश्यले

कोत्रेमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

कोत्रे । धार्मिक जागरणका लागि तनहुँको शुक्लागण्डकी स्थित कोत्रे बजारमा बडादसैँको पूर्वसन्ध्यामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १२ गते लायन्स

↑