तीनखोले बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न
खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा रहेको तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार शुक्लागण्डकी–५ स्थित झरौटामा रहेको शिव पञ्चायत मन्दिरमा आयोजित साधारणसभाको उद्घाटन ज्येष्ठ शेयर सदस्य बद्री नारायण श्रेष्ठले गर्नुभएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष उपेन्द्र तिमिल्सेनाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सहकारीले शेयर सदस्यलाई संस्थामार्फत अनिवार्य आर्थिक कारोबार गराउने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको उल्लेख गरिएको छ ।
खैरेनीटारमा कार्यालय रहेको सहकारीमा हाल २ हजार १९१ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाको शेयर पुँजी ३ करोड ८२ लाख १९ हजार ८ सय रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ लाख १९७ रुपैयाँ रहेको छ ।
सभामा उत्कृष्ट कर्मचारीका रूपमा मनिषा राना सम्मानित हुनुभएको छ। त्यसैगरी, उत्कृष्ट ऋण कारोबारतर्फ नेत्रमाया क्षेत्री र उत्कृष्ट बचतकर्ताका रूपमा दिव्यरमण अर्याल सम्मानित हुनुभएको छ । संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा शेयर सदस्यहरू विमल जिसी, सूर्यदेवी सिग्देल र नमबहादुर रानाले सहकारीको गतिविधि तथा आगामी कार्यदिशाबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष समुद्रराम श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा संस्थाका सचिव श्रीराम सुबेदी,कोषाध्यक्ष अर्जुन श्रेष्ठलगायतले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका प्रबन्धक सुरज लम्सालले साधारणसभाबारे जानकारी दिनुभएको हो ।
दुलेगौँडा खानेपानी समितिको ३४ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न
दुलेगौंडा । तनहुँको दुलेगौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको दुलेगौँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ३४ औँ वार्षिकोत्सव तथा १२
शुक्लागण्डकीको म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी, दुई ट्याक्टर पक्राउ
बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका सिमामा पर्ने सेति/म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी गर्ने दुई ट्याक्टरलाई
शुक्लागण्डकीमा संगठित बने भारतीय पूर्वसैनिक
खैरेनीटार । भारतीय सेनाबाट अवकाश प्राप्त पूर्वसैनिकहरू शुक्लागण्डकीमा संगठित भएका छन् । गैरराजनीतिक रूपमा सामाजिक सेवामा सक्रिय हुने उद्देश्यले

प्रतिकृया दिनुहोस