• बुधबार ८-३-२०८३/Wednesday 11-18-2026
  • ON AIR
  • UP NEXTOpening Tone

दुलेगौँडाको एकादशी बजार ब्यवस्थित बनाइने, कानुन र धर्मद्धारा बर्जित क्रियाकलापमा रोक

दुलेगौँडा ।  हरिबोधनी एकादशीका दिन दुलेगौँडास्थित पुलचोकमा लाग्ने मेलालाई थप ब्यवस्थित बनाउन शुक्लागण्डकी नगरपालिकाले पहल थालेको छ ।

 

नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुको संयोजकत्वमा मंगलबार सरोकारवालासँग भएको छलफलले मेलालाई भब्य र सुरक्षित बनाउने निर्णय भएको छ । छलफलमा सहभागि भएकाहरु जनप्रतिनिधि, उद्योगी ब्यवसायी, प्रहरी, पत्रकार र समाजसेविहरुले एकादशीमा कानुन र धर्मले वर्जित गरेका क्रियाकलाप रोक्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले एकादशीमा मासुबाट बन्ने परिकार र मादक पदार्थ विक्रीवितरण रोक्नुपर्ने, खेलका नाममा हुने जुवातासलाई बन्द गर्नुपर्नेमा जोड दिए । छलफलमा सहभागि भएकाहरुले एकादशीको मेलामा स्थानीय उत्पादन र व्यापारलाई बृद्धि गर्न नगरपालिकाले समन्वय गर्नुपर्ने, पार्किङ्ग ब्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव ब्यक्त गरेका छन् । 

No description available.


छलफलमा नगर प्रमुख कृष्णराज पण्डितले मेलालाई ब्यवस्थित बनाउन रोक लगाउनुपर्ने क्रियाकलापमा कडाई गर्ने प्रहरीलाई निर्देशन दिदै सुरक्षाका लागि विभिन्न स्थानमा सिसि क्यामेरा जडान र नदी किनारमा उद्धार टोलीको ब्यवस्था गर्न निर्देशन दिनुभयो । स्थानीय क्लव, आमा समुह र संघ संस्थालाई समेत स्वयमसेवकको रुपमा क्रियाशिल हुन नगर प्रमुख पण्डितले आग्रह गर्नुभएको छ । 

 


छलफल पश्चात उपप्रमुख विकले नगरपालिका, शुक्लाहिलेटार शिवालय ब्यवस्थापन संस्था, नेपाल प्रहरी, उद्योग वाणिज्य संघलाई मेला ब्यवस्थित बनाउन क्रियाशिल बनाउने निर्णय भएको बताउनुभयो । उहाँले मेला विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्ने,  अवैध क्रियाकलाप रोक्ने प्रहरीलाई समर्थन गर्ने समेत निर्णय भएको जानकारी दिनुएभको छ ।

No description available.

प्रतिकृया दिनुहोस

हरिबोधनी एकादशी मेलालाई भव्य र व्यवस्थित बनाउने तयारी

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडास्थित पुलचोकमा लाग्ने ऐतिहासिक हरिबोधनी एकादशी मेलालाई यस वर्ष थप भव्य र व्यवस्थित बनाउने

शुक्लागण्डकीमा फुल उत्पादक किसानले बजार पाए, ९ लाख ५३ हजार आम्दानी

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–बेलचौतारामा तिहारलाई लक्षित गरी सञ्चालन गरिएको हाटबजारमार्फत स्थानीय फूल किसानले उत्पादनको उचित

दुलेगौँडामा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४७ र म्हः पूजा

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडामा बसोबास गर्ने नेवार समुदायले नेपाल सम्वत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना आदानप्रदान गरेका

↑