कोरोनाबाट बच्न शुक्लागण्डकी युनेस्कोद्धारा सचेतनासहित नि:शुल्क मास्क वितरण
ममता गुरुङ
दुलेगौँडा ।
कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट बच्न तथा सर्तक रहन नि:शुल्क मास्क वितरण गरिएको छ । कोरोना भाईरसबारे आमसर्वसाधरण नागरिकलाई सजग गराउने उद्धेश्यले शुक्लागण्डकी युनेस्को केन्द्रले नि:शुल्क मास्क वितरण गरेको हो ।बन्दाबन्दी हटेपछि सरकारले तय गरेको सुरक्षाका मापदण्ड नअपनाई खुल्ला रुपमा हिड्डुल बढेकाले सचेतना अभियानसहित मास्क वितरण गरिएको केन्द्रका अध्यक्ष भिष्म श्रेष्ठले जानकारी दिए । उनले सर्वसाधरणलाई विशेष प्राथमिकतामा राखेर मास्क वितरण गर्दै भौतिक दुरी कायम गर्न पनि सुझाव दिइएको बताए ।
“नेपालमा लकडाउनको अन्त्य भएसंगै आवात-जावत निकै बढेको छ,मास्क नै नलगाई हिड्ने गर्दा कोरोनाको जोखिम बढ्न सक्ने हुनाले सचेतना सहित निःशुल्क माक्स वितरण गरेका हौँ-उनले भने-“कम्तिमा मास्क प्रयोग गर्ने र भौतिक दुरी कायम राख्न सकियो भने कोरोना संक्रमण रोकथाम गर्न सकिन्छ भनेर हामीले यो अभियान थालेका हौँ।”
अध्यक्ष श्रेष्ठले मुख्यगरी बढी भिडभाड हुने बजार क्षेत्र दुलेगौँडाको विपिचोक,युनिकचोक ,हेल्थपोष्ट र खैरेनीटारको तीनखोले मन्दिर चोक, खैरेनीटार चौतारी लगायतका स्थानमा पुगेर मास्क वितरण गरेको बताए।"मास्क नलगाई हिड्ने पैदलयात्रु, मोटरसाइकल, स्कुटर, बस, जीप लगायतका सबारी साधनका कर्मचारी, व्यापारीहरुलाई समेत सचेत गराई निशुल्क रुपमा मास्क वितरण गरियो"-उनले भने । अहिलेसम्म करिब ४०० थान सर्जिकल मास्क वितरण गरिएको केन्द्रले जनाएको छ ।
साथै केन्द्रका पदाधिकारीहरुले तपाईको मास्क खोई रु प्रहरीलाई देखाउन होईन,आफ्नो सुरक्षाको लागी मास्क लगाँउ,मास्क लगाऔँ,सय रुपैँया जरिवाना र कोरोनाबाट बचौँ,आफ्नो सुरक्षा आफैँ गरौँ,मास्कको नियमित प्रयोग गरौँ लगायतका प्ले कार्ड हातमा लिएर सर्वसाधरण नागरिकलाई सचेत गराएका थिए ।



शुक्लागण्डकीमा ग्यास अभाव : विक्रेता भन्छन्– ‘हामीसँग ग्यास छैन’
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेताहरूसँग छलफल गरेको छ।
शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। वडाको
दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन
दुलेगौँडा । तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी

प्रतिकृया दिनुहोस