क्यान्सर रोगीलाई शुक्लागण्डकी युनेस्कोद्धारा आर्थिक सहयोग
हरि खरेल-
दुलेगौँडा ।तनहुँ शुक्लागण्डकी-१० निवासी तारा सुनार क्यान्सर रोगबाट ग्रसित भएको दुई बर्ष बढी भयो । दुई बर्षअघि भारतमा गएर उपचार गरेकी सुनारले आर्थिक अवस्था कमजोर भएकै कारण पुन: उपचार गर्न सकिनन् ।
अहिले उनको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ ।तारा भन्छिन्-"उपचारका निम्ती धेरै नै पैसा भयो,परिवारमा थप समस्या सिर्जना भयो ।" उनले परिवारको आर्थिक अवस्था कमजोर भएकाले फेरि उपचारको लागि भारत जान नसकेको सुनाइन् । अहिले पनि उनको अनि परिवारको अवस्था उस्तै छ।कोरोना भाइरसको कारण उनको उपचारमा थप समस्या सिर्जना भएको छ ।सार्वजनिक सवारी साधन नचल्दा रिर्जभमा जान यातायात खर्च समेत जुटाउन कठिन भएको छ। “कोरोनाको डर छ,काठमाडैमा उपचार सम्भव भएपनि जानको लागि २० हजार भनेको छ," २–३ हजारले उपचार सम्भव छैन्"-उनले गहभरी आशु पारिन् ।

तारा अहिले बहिनी पुर्ना चौधरीको घर दुलेगौडामा बस्छिन् ।ताराको उपचारको लागि सहयोग अभियानहरु चल्न थालेको छ ।शुक्लागण्डकी नगरपालिकाले १० हजार सहयोग उपलब्ध गराएको उनले बताइन् ।उनको श्रीमान हाल वैदेशिक रोजगारमा छन्।श्रीमानले कमाएको रकम जति सबै औषधी उपचारमा खर्च हुने गरेको बताईन् ।
शनिबार उनै क्यान्सर पिडित तारालाई शुक्लागण्डकी युनेस्को केन्द्रले आर्थिक सहयोग गरेको छ ।केन्द्रले ताराको उपचाररर्र्थ ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।“युनेस्को केन्द्रले आफ्नो संस्थामा रहेको केही रकम क्यासर रोगी सुनारको हातमा हस्तान्तरण गरेका छौ ।”युनेस्को केन्द्रका अध्यक्ष भीष्म श्रेष्ठले बताए । संस्था स्थापना भएको धेरै समय पनि नभएको जसका कारण आफ्नो संस्थाले सकेको सहयोग गरेको बताए । आवश्यक परेको खण्डमा आफ्नो संस्थाले गर्न पर्ने सहयोग गर्ने कुरा श्रेष्ठले बताए ।
कोत्रेमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने
कोत्रे । धार्मिक जागरणका लागि तनहुँको शुक्लागण्डकी स्थित कोत्रे बजारमा बडादसैँको पूर्वसन्ध्यामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने
शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने
दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १२ गते लायन्स
दुलेगौडा महोत्सव गर्न छैन प्रशासनको अनुमति
अशोक विश्वकर्मा पर्सि अर्थात् असोज ८ गतेदेखि तनहुँको दुलेगौँडामा सञ्चालन गर्न लागिएको महोत्सवका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति

प्रतिकृया दिनुहोस