• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

ओमानमा नेपाली सांस्कृतिक कार्यक्रमको तयारी पुरा, पुगे कलाकार 

ओमान । गुरुङ्ग समुदायले नयाँ बर्षको रुपमा मनाउने ल्होसार तथा अंग्रेजी नयाँ बर्षका अवसरमा प्रबासी नेपालीहरुले ओमानमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन् । 

 


रोजगारीको शिलशिलामा ओमान पुगेका नेपालीहरुको संस्था ‘तमु समाज सलालाह, ओमन’को आयोजनामा शुक्रबार भोली कार्यक्रम हुने भएको हो । समाजले आयोजना गर्ने ‘तमु सप्रि ल्होसार सांस्कृतिक कार्यक्रम २०८१’ को तयारी पुरा भएको अध्यक्ष लालमती तमुस्योले जानकारी दिनुभयो । उहाँले नेपालबाट प्रस्तुतीका लागि आमन्त्रण गरिएका चर्चित कलाकार शर्मिला गुरुङ्ग र डान्सर नितु गुरुङ्ग ओमन आईसकेको जानकारी दिदै कार्यक्रम भब्य बनाउन नेपाली समुदायको सहभागिताका लागि अनुरोध गर्नुभयो । 

 


लोक दोहोरी गायनको क्षेत्रमा सर्वप्रिय बन्नुभएकी कलाकार शर्मिला गुरुङ्गको प्रस्तुती हेर्न दर्शकहरु आउने आयोजकले अपेक्षा राखेको छ । बर्षेनी समाजले आयोजना गर्ने कार्यक्रमले ओमानमा रहेका अन्य कलाकारहरुको प्रस्तुतीलाई समेत समेट्दै आएको छ । 

 


बैदेशिक भूमिमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै समाज निर्माण गरेर प्रवासी नेपालीहरुहरुको एकतामा जोड दिदै आएको यस समाजले नेपालमा समेत समाजसेवाका कार्यक्रमहरुलाई प्राथमिकता दिने गरेको छ । दुखी, पिडीत र उपचार अभावमा समस्या झेलीरहेको विरामीहरुलाई औषधोपचार गर्ने तमु समाज सलालाहले सहयोग गर्दै आएको वरिष्ठ उपाध्यक्ष गिरबहादुर तमुले बताउनुभयो । 

 


भोली जनवरी ३ तारिख दिउँसो २ बजेदेखि ओमन महिला संघको भवन हल, अल असलाह सलालाहमा हुने कार्यक्रम सफल बनाउन ओमानमा रहेको संघ संस्था र ब्यवसायीहरुले सहयोग गरेको महासचिव लालबहादुर तमुले जानकारी दिनुभयो उहाँले नेपाल मगर संघ ओमानका प्रमुख संरक्षक यामु थापा मगरेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तमुले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

पाकिस्तानमाथि भारतको हवाई आक्रमण, ३० जनाको मृत्यु

भारत ।  पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर ९पीओके० मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।  बुधबार

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को

ओमानमा ल्होसार विशेष कार्यक्रम हुने 

सुविना थापा/दुलेगौडा ।  गुरुङ(तमू) समुदायले नयाँ बर्षको रुपमा मनाउने ल्होसार पर्वको अवसरमा ओमानमा समेत विशेष कार्यक्रम हुने भएको छ ।  रोजगारीको