विभेद विरुद्ध नयाँ भाष्य स्थापना गर्न समता फाउण्डेशन सक्रिय
दमौली । जातीय, लैंगिक र यौनिक क्षेत्रमा विद्यमान गलत भाष्यहरुलाई परिवर्तन गर्न समता फाउण्डेशन नेपालले अभियान सञ्चालन गर्ने भएको छ ।

परम्परागत सोचलाई परिवर्तन गरि नयाँ भाष्य स्थापना गर्नुपर्ने भएकाले अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएका हुदाँ फाउण्डेशनले पहल थालेको अध्यक्ष डा मदनप्रसाद परियारले बताउनुभयो । उहाँले नयाँ भाष्य स्थापना गर्दा विद्यमान विभेद कम हुने समेत उदेश्य रहेको बताउनुभएको छ ।
अभियानका क्रममा आइतबार तनहँुको दमौलीमा सरोकारवालाहरुसँग कुरा गर्दै फाउण्डेशनका प्रतिनिधिहरुले दलित, महिला, अपाङ्गता भएका ब्यक्ती र लैङ्गिक अल्पसंख्यकहरुको समस्याबारे जानकारी लिएका छन् । फाउण्डेशनका गोपाल नेपालीले समस्याको खोजी गरेर समाधानका लागि पहल गर्दै आएको जनाउदै आगामी दिनमा पनि खोज र अनुसन्धानलाई प्राथमिकता दिने बताउनुभयो ।
दमौलीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा तनहुँमा सक्रिय विभिन्न गैरसरकारी संस्थाहरुका प्रतिनिधि र अभियान्ताहरुले सम्वन्धित क्षेत्रका समस्या, चुनौती र अवसरहरुको बारेमा जानकारी गराएका थिए । फाउण्डेशनले जातीय, लैङ्गिक र यौनिक अल्पसंख्यकका चुनौतीलाई बुझ्न देशभर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संविधान र लोकतन्त्रविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लाग्दैन : महामन्त्री पौडेल
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी
काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत
दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन
तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

प्रतिकृया दिनुहोस