• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

शुक्लागण्डकी जेसिज वर्ष २०२५ को जेसिज सप्ताह सुरु

प्रकाश वि.क/दुलेगौँडा ।  शुक्लागण्डकी जेसीज वर्ष २००३ मा लेखनाथ जेसिजको मातृत्व, जेसी भरत बहादुर खड्काको संस्थापक अध्यक्षतामा स्थापीत एक लामो इतिहास बोकेको संस्था हो । १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास तथा उधमशीलता विकास गराउने उद्धेश्य बाट संचालित यस संस्थाले शुक्लागण्डकी नगरपालिकामा सयौं  सफल युवा व्यवसायी तथा नेतृत्व जन्माइसकेको छ । वर्ष २०२५ जेसि प्रकाश बि.क.को अध्यक्षतामा आफ्नो उद्धेश्य प्राप्तिका लागि निरन्तर काम गरिरहेका छन । यस संस्थाले विषेशता, व्यक्तिगत, सामाजिक , व्यवसायिक तथा अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुलाई विभिन्न तालिम तथा गोष्ठिहरु मार्फत वृद्धि तथा विकासका लागि काम गरिरहेको हुन्छ । समाजमा दिगो विकासका लागि नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अत्यावश्यक छन् । आजको परिवर्तित विश्वमा केवल शैक्षिक योग्यता मात्र पर्याप्त छैन, जीवन उपयोगी सीप, आत्मविश्वास, सहकार्य गर्ने क्षमताको आवश्यकता अझ बढी भएको छ । आजको बढ्दो युवा पलायनलाई रोक्नका लागि विशेषत, स्थानीय तहका युवाहरूलाई जिम्मेवार, कुशल र समाजप्रति समर्पित नागरिक बनाउनु आजको आवश्यकता हो । युवाहरूमा नेतृत्वदायी सोच र व्यवहारको विकास गरेर उनीहरूलाई समाज परिवर्तनका संवाहक बनाउने उद्देश्यले शुक्लागण्डकी जेसिजले वर्षेनी महान पर्वको रुपमा सप्ताहव्यापी कार्यक्रम गरि मनाउदै आएको छ ।

यो वर्ष २०२५ मा शुक्लागण्डकी जेसिजले पहिलो कार्यक्रमको रुपमा सप्ताहा उद्धघाटन तथा विधार्थी सँग जेसिज कार्यक्रम भव्य रुपमा दुलेगौंडा बन्केवा चोक , ठाडो लाइनमा रहेको साथी इन्सिच्युट मा करिब ७५ जना विधाथीहरुलाई जेसिजको बारेमा जानकारी गराउदै सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा शुक्लागण्डकी नगर उधोग वाणिज्य संघ का अध्यक्ष तथा शुक्लागण्डकी जेसिज २००८ का अध्यक्ष समुन्द्रराम श्रेष्ठ रहेका थिए । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य मदन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी जेसिजका कार्यकारीणी उपाध्यक्ष जेसि मदन सिग्देलले कार्यक्रम बारे प्रकाश पर्दे स्वागत गरेका थिए । कार्यक्रममा शुक्लागण्डकी जेसिज २०१३ का अध्यक्ष जेसि सुजन श्रेष्ठ, २०२४ का अध्यक्ष जेसि रमेश भण्डारी लगायत २०२५ का बोर्डका सदस्यहरुको उपस्थीति रहेको थियो भने कार्यक्रम संचालन तालिम संयोजक अनिष ढकालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य मदन श्रेष्ठले शुक्लागण्डकी जेसिज यो ठाँउको एक पुरानो र लामो इतिहास बोकेको संस्था हो, समाज रुपान्तरणमा यो संस्थाले ठुलो भुमिका खेलेको कुरा राख्नुभयो । प्रमुख प्रशिक्षक समुन्द्रराम श्रेष्ठले जेसिजको बारेमा जानकारी गराउनुभयो । व्यक्तिगत, व्यवसायिक तथा नेतृत्व सफलताका लागि जेसिज सिक्ने विश्वधालय रहेको र यो अभियानमा सम्भावना नै सम्भावना रहेको भन्नुभयो ।  जेसिज विश्वव्यापी रुपमा १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुको हरुको साझा संस्था हो जसको स्थापना सन् १९१५ मा अमेरिका मा भएको हो र हाल १२० भन्दा बढी देशमा यसको शाखा रहेको छ। नेपालमा यसको स्थापना सन् १९७५ मा भएको हो जानकारी गराउनुभयो। कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष जेसि सुजन श्रेष्ठले जेसिजको मूल नारा “नेतृत्व, व्यक्तित्व तथा उद्यमशीलताको विकास” हो। जेसिजले युवाहरुलाई सामाजिक सेवा, व्यवसायिक विकास, व्यक्तिगत विकास र अन्तर्राष्ट्रिय सम्बन्धका अवसर प्रदान गर्दछ। यहाँ पद भन्दा कर्मलाई प्राथमिकता दिइन्छ र कार्यद्वारा नेतृत्वको अभ्यास गरिन्छ। सदस्यहरूले स्वास्थ्य, शिक्षा, वातावरण र समुदाय विकासका विभिन्न कार्यक्रम सञ्चालन गरी समाजमा सकारात्मक परिवर्तन ल्याउने काम गर्छन्। जेसिजको दर्शन अनुसार, अरूलाई विकास गर्नको लागि पहिले आफूलाई विकास गर्नु पर्छ, त्यसैले यो संस्था हरेक सदस्यलाई आफ्ना क्षमता, ज्ञान र सीपको उच्चतम स्तरमा पुर्‍याउन प्रेरित गर्दछ भन्नुभयो ।

कार्यक्रमका सभापति  अध्यक्ष वर्ष २०२५ जेसि प्रकाश बि.क ले शुक्लागण्डकी जेसिजले व्यक्तिगत , सामुदायीक, व्यवसायिक तथा अन्तराष्टिय क्षेत्र अन्तर्गत आफ्नो स्थापना काल देखि नै महत्वपुर्ण कार्यहरु गर्दे आएको जानकारी गराउनुभयो । बिक ले  भन्नुभयो जेसिज संस्थामात्र हैन यो एउटा समाज रुपान्तरणको अभियान हो । जेसिज अभियान हो ,सपना हो, प्रतिबद्धता हो, समाजको प्रतिबिम्ब हो र  जिम्मेवारी  हो। जेसिज युवा शक्ति, सकारात्मक सोच, र असम्भवलाई सम्भव बनाउने साहस को अर्को नाम हो। शुक्लागण्डकी जेसिजमा हामीमध्ये कोही इन्जिनियर, कोहि शिक्षक छौँ, कोही व्यवसायी, कोही विद्यार्थी, कोहि जागिरे छौ — तर जब हामी जेसिजको ब्यानर मुनि उभिन्छौँ, हामी सबै परिवर्तनका अभियन्ता हौ। किनकि हाम्रो उद्देश्य केवल आफ्नो जीवनमा सफल हुनु मात्र होइन, अरूलाई पनि सकरात्मक र  सफलताको बाटो देखाउनु हो। हामीले यो वर्षका लागि जुन सपना कोरेका थियौं, त्यसलाई कर्म बाट प्रमाणित गर्ने विभिन्न चरणमा हामी सहकार्य गरिरहेका छौ र भावि दिनमा पनि अझ मजबुत सहकार्य गरि अगाडी बढ्ने छौं । म विश्वस्त छु — जब हामी एकजुट हुन्छौँ, जब हामी प्रतिबद्ध हुन्छौँ, जब हामी म भन्दा माथि हुन्छ तब असम्भव भन्ने शब्द हाम्रो शब्दकोशबाट मेटिन्छ। 

यो वर्ष २०२५ मा शुक्लागण्डकी जेसिजले आफ्नो सप्ताहा कार्यक्रमलाई फरक तरिकाले सम्पन्न गर्दे छ । पहिलेका वर्षहरुमा तिन दिनमा सात वटा कार्यक्रम गरि सप्ताहन्त कार्यक्रमको रुपमा मनाउदै आइएको यो उत्सव , २०२५ मा अध्यक्ष प्रकाश बि.क ले फरक तरिकाले सात दिन नै सात कार्यक्रम तिन महिनाको समय अन्तरालमा सम्पन्न गर्ने बताउनुभयो । छोटो समयमा गरिने कार्यक्रमले तयारी को अभाव तथा लक्षीत वर्गमा पुराउन र प्रभावकारीता मा कमी तथा सदस्य साथीहरुलाई समय व्यवस्थापन मा समस्या हुने हुनाले यो वर्ष फरक खाकामा कार्यक्रम गरिने बताउनुभयो । यस वर्ष जेसिज सप्ताहा कार्यक्रम अन्र्तगत निम्म मिति, समय र स्थानमा कार्यक्रम हरु हुनेछन ।

१. जेसिज सप्ताहा कार्यक्रम २०२५ उद्धघाटन तथा विधार्थी सँग जेसिज कार्यक्रम , २०८२ साल साउन २८ गते बुधबार, साथी इन्सिच्युट, दुलेगौंडा, कार्यक्रम संयोजक जेसि भिष्म श्रेष्ठ, कोषाध्यक्ष २०२५
२. फोहोर संकलन प्रतियोगिता कार्यक्रम , २०८२ साल भदौ ११ गते बुधबार,  दुलेगौंडा विपि चोक बाट खैरेनिटार सम्म कार्यक्रम संयोजक जेसि दिवसचन्द्र श्रेष्ठ, शाखा सम्पादन २०२५
३. बालबालिका स्वास्थ्य सम्बन्धी सचेतना तथा सेनेटरी वितरण कार्यक्रम, २०८२ साल भदौ १७ गते मंगलबार,  तालवेशी मा.वि, कार्यक्रम संयोजक जेसि प्रेम नारायण आर्यल, उपाध्यक्ष २०२५
४. मैत्रिपुर्ण फुटबल प्रतियोगिता कार्यक्रम , २०८२ साल असोज ०३ गते शुक्रबार,  नेपाल पुलिस स्कुल, कार्यक्रम संयोजक जेसि कजन श्रेष्ठ, उपाध्यक्ष  २०२५
५. फोहोर संकलन प्रतियोगिता कार्यक्रम , २०८२ साल भदौ ११ गते बुधबार, शुक्लागण्डकी नगरपालिका वडा नं. ८, गणेश चोक , कार्यक्रम संयोजक , जेसि सागर लामिछाने उपाध्यक्ष २०२५
६. १० जोड २ स्तरीय हाजिरिजवाफ प्रतियोगिता तथा निबन्ध लेखन प्रतियोगिता, गाँउफर्कोदय मा.वि, कार्यक्रम संयोजक जेसि प्रकाश भुषाल, उपाध्यक्ष २०२५
७. वृहत निशुल्क स्वास्थ्य शिविर, हरिबोधनी एकादशी बजार, हिलेटार , शुक्लागण्डकी नगरपालिका वडा नं. ८, पुल्चोक, कार्यक्रम संयोजक जेसि सुशिल थापा भुजेल, महासचिव २०२५

कार्यक्रमका मुल संयोजक तथा कार्यकारीणी उपाध्यक्ष जेसि मदन सिग्देलले जानकारी गराए ।

प्रतिकृया दिनुहोस

चटपटको स्वाद र परदेशी बुबाको पसिना

यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने माध्यम मात्र होइन, कहिलेकाहीँ समाजका अनेकौँ पाटाहरु नियाल्ने, मानिसका सोच, व्यवहार र जीवनशैली बुझ्ने

परिवर्तन सम्भब छ

एकराज सिग्देल । ढोरेली सेवा समाज, काठमाडौं र तालबेसी माध्यमिक विद्यालय, तनहुँको संयुक्त आयोजनामा सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला

मिनामकोट क्षेत्रमा फलाम खानीको संभावना र यथार्थता  !

एकराज सिग्देल । शुक्लागण्डकी नगरपालिकाको ढोर क्षेत्रमा फलाम तथा तामा खानी उत्खानन सम्भावनाका संबन्धमा नेपाल सरकारका सचिब श्री राजकुमार