• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

उन्नती कृषि सहकारीको साधारण सभा सम्पन्न, ९१ लाख नाफा कमाउने लक्ष्य

दुलेगौँडा । उन्नती कृषि सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

दुलेगौँडामा सम्पन्न  साधारण सभामा जिल्ला सहकारी संघ तनहुँका सचिव पदमबहादुर बानियाँले सहकारीको विकासका लागि सामुहिक कार्यमा विस्वास गर्नुपर्ने बताउनुभयो । उन्नती कृषि सहकारीको पुर्वअध्यक्ष समेत रहनुभएका बानियाँले उन्नती कृषि सहकारीमा स्थानीय शेयर सदस्य, कर्मचारी र ब्यवस्थापन समिति भएको हुदाँ नागरिकको आर्थिक सुरक्षाका लागि विस्वासिलो रहेको बताउनुभयो । उहाँले सहकारीलाई ब्यवस्थित गर्न सरकारले विभिन्न नियमहरु निर्माण गर्दै नियमनको प्रयास गरेकाले सहकारी क्षेत्र ब्यवस्थित बन्दै जान थालेको बताउनुभयो । 

No description available.

अध्यक्ष मानकुमार तिम्लाको सभापतिपतित्वमा सम्पन्न भएको साधारण सभामा नेपाल पशुपंक्षी औषधी ब्यवसायि समितिकी केन्द्रिय सदस्य बसन्ताकुमारी श्रेष्ठले सहकारीहरु आफ्नो उदेश्यअनुसार चल्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषि सहकारीहरुले कृषिको विकासमा विशेष कार्यक्रम सञ्चालन गर्नपर्ने र मलको अभाव भोग्ने किसानलाई राहत दिन सक्नुपर्नेमा जोड दिनुभयो । 


उक्त अवसरमा अध्यक्ष, सचिव र कोषाध्यक्ष विषयगत प्रतिवेदन पारित गर्दै संस्थाको उपलब्धी र आगमी योजना बारे अध्यक्ष तिम्लाले जानकारी दिनुभयो उहाँले सहकारी मार्फत आगामी बर्ष निक्षेप र ऋण लगानी बृद्धि गर्ने देखि कृषि क्षेत्रमा महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । 

No description available.उक्त सभा मार्फत सहकारीले गत आर्थिक बर्षमा २ करोड ९५ लाख २१ हजार ५६८ रुपैयाँ २९ पैसा बराबरको आर्थिक कारोबार गरेर ५५ लाख ३८ हजार ८ रुपैयाँ २८ पैसा बचत गर्न सफल भएको शेयरसदस्यहरुलाई जानकारी दिएको छ । सहकारीले यो आर्थिक बर्षमा ३ करोड ६६ लाख १० हजार बराबरको आर्थिक कारोबार गरेर ९१ लख १५ बढी बचत गर्ने लक्ष्य राखेको कोषाध्यक्ष लालबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने ब्यवसायि हरि खड्का र विष्णुमाया कार्कीलाई सम्मान समेत गरिएको थियो । सचिव धुर्वराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष शंकरबहादुर कार्कीेले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

सिप विकासको क्षेत्रमा शुक्लागण्डकी जेसिज उत्कृष्ट

दुलेगौँडा ।  शुक्लागण्डकी जेसीजलाई नेपाल जेसीजको ५२ औँ राष्ट्रिय सम्मेलन २०२५ मा महत्वपुर्ण उपलब्धि हासिल गरेको छ । जनकपुर जेसीजको आतिथ्यमा सन् १९

तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि

भिमाद नगरपालिकाद्धारा ६३ करोड ७२ लाखको बजेट सार्वजनिक

भिमाद  । तनहुँको भिमाद नगरपालिकाले ६३ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २० औं अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि पारित गरिएको