क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई
पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको विकास गर्ने र बसाई सराई रोक्ने उदेश्य सहित सात सय बाहकोट सम्पर्क मञ्चले पुतलीबजार ९ कोल्मामा आयोजना गरेको २५ किलोमिटर दुरीको दौड रावलले १ घण्टा २७ मिनेट ३० सेकेन्डमा पार गर्दै उपाधी जितेका हुन् ।

उक्त दुरी १ घण्टा २९ सेकेण्ड १८ सेकेन्डमा पार गर्दै आर्मीकै अर्जुन बुढा द्धितीय र १ घण्टा ३१ मिनेट १७ सेकेण्डमा दुरी पुरा गरेका संखुवासभाका तेन्जीङ शेर्पा तृतीय भए । शेर्पा सिंगापुर पुलिसमा कार्यरत रहेका छन् । २५ किलोमिटर तर्फ प्रथम द्धितीय र तृतीय भएकाहरुले क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै १० किलोमिटर महिला तर्फ आर्मीकी सृजना पाण्डे प्रथम, दैलेखकी द्रोपना कुमारी कठायत द्धितीय र भोजपुरकी अनिता राई तृतीय भईन् । सोही दुरीमा पुरुष तर्फ सल्यानका बविन योगी प्रथम, हुदाँ कपिलबस्तुका अजय पाण्डे क्षेत्री द्धितीय र बाग्लुङका बादल कार्की तृतीय भएका छन् । १० किलोमिटर तर्फ प्रथम द्धितीय र तृतीय भएका महिला र पुरुष दुवै समुहका विजेताहरुले क्रमश : २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ किलोमिटर दुरीको छात्र÷छात्रा दौड प्रतियोगितामा छात्रा तर्फ मेघराज मावि कास्की माछापुछ्रेकी एन्जिला जिटी प्रथम, तालबेसी मावि शुक्लागण्डकीकी सपना परियार द्धितीय र मेघराज मावि कास्कीकै रोशनी नेपाली तृतीय भईन् । यस्तै छात्र तर्फ मकवानपुरका रोशन स्यानत्याङ्ग प्रथम, स्याङ्जा भिरकोटका सुजन कार्की द्धितीय र स्याङ्जा विरुवाका विशाल राना तृतीय भए । उनीहरुले क्रमश ८ हजार, पाँच हजार र तीनहजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगितामा दिपन राना, स्नेहा कार्की र कृष्ण थापा च्याम्पियन
दुलेगौंडा, १ साउन । लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीले आयोजना गरेको जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर १९ तर्फको
‘६८ करोड भलिबल कप’को फाइनलमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफुल स्याङ्जा
भिमाद । तनहुँको भिमादमा जारी ‘६८ करोड भलिबल कप’को फाइलनमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफुल स्याङ्जा प्रवेश गरेको छन् । पिरुङ युवा
भिमादमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता
भिमाद । तनहुँको भिमादमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद क्षेत्र र खेलाडीहरुको विकास गर्ने

प्रतिकृया दिनुहोस