• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

भिमादमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता 

भिमाद ।  तनहुँको भिमादमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद क्षेत्र र खेलाडीहरुको विकास गर्ने उदेश्यले आगामी माघ १ गतेबाट भिमादमा वेष्ट ब्वइज क्लवका आयोजनामा ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–०८२’ आयोजना हुने भएको हो । 

No description available.


आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशमा नै टाइगर कपपछि र तनहुँमा सर्वाधिक पुरस्कार राशि सहितको प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । क्लवका अध्यक्ष संसार अञ्जान सुवेदीले भलिबल खेलाडीहरुको विकास र भिमादलाई खेलकुद क्षेत्रको हव बनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । उहाँले प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लवहरु सहभागि हुने दावि गर्नुभयो । 

 


अध्यक्ष सुवेदीका अनुसार प्रतियोगितामा ६ टिम सहभागि हुनेछ । प्रतियोगितामा प्रथम द्धितीय र सान्तवना हुने टिमले क्रमश ३ लाख १९९, दुई लाख १९९ र ५०÷५० हजार पुरस्कार प्राप्त गर्नछन् । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले सर्वोत्कृष्ट  २० हजार र उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार सहित सम्मानित हुनेछन्  । 

No description available.


प्रतियोगिता अवधिभर देशका ख्यातिप्राप्त कलाकारहरु समिक्षा अधिकारी, प्रकाश दुतराज, अर्जुन सापकोटा, बद्रि पंगेनी, शान्तारानी परियार, निश्चल दवाडी सहित आश्मा विश्वकर्मा र सविन राईको ब्याण्डको साँगितिक प्रस्तुती समेटिनेछ । 

 


प्रतियोगिता सफल पार्न गोर्खा व्रुअरी, टाइगर ग्रुफ अफ पोखरा, अमेरिकाको बास इन्टरटेनमेन्ट, युथ क्लव अफ भिमाद लगायतका संस्था र कम्पनीले सहयोग गर्ने आयोजकको दावि छ । प्रतियोतालाई भिमाद नगर उद्योग वाणिज्य संघले समेत सहयोग गर्ने अध्यक्ष चतुर्भुज सुवेदीले प्रतिवद्धता ब्यक्त गर्नुभयो । 


 

प्रतिकृया दिनुहोस

डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगितामा दिपन राना, स्नेहा कार्की र कृष्ण थापा च्याम्पियन

दुलेगौंडा, १ साउन । लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीले आयोजना गरेको  जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर १९ तर्फको

‘६८ करोड भलिबल कप’को फाइनलमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफुल स्याङ्जा

भिमाद । तनहुँको भिमादमा जारी ‘६८ करोड भलिबल कप’को फाइलनमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफुल स्याङ्जा प्रवेश गरेको छन् ।    पिरुङ युवा

क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई 

पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको