• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

आजबाट शुक्लागण्डकी महोत्सव, नवनिर्वाचित सांसदले उद्घाटन गर्ने

बेलचौतारा ।  आजबाट बेलचौतारामा सुरु हुने पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवको तयारी पुरा भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा यही चैत्र १७ गतेसम्म सञ्चालन हुने महोत्सको तयारी पुरा भएको संघका महासचिव सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

 

उहाँले महोत्सवको उद्घाटन सत्रको लागि झाँकी सहित उपस्थित हुने सहभागि र अतिथिहरुलाई निम्तो गरिएको बताउदै महोत्सव प्रतिनिधि सभाका नवनिर्वाचित सांसद श्रीराम न्यौपानेले उद्घाटन गर्ने जनाउनुभयो । उहाँले महोत्सवमा समावेश गरिएका विभिन्न प्रकारका १७५ स्टलहरु भरिएको जनाउदै विगतका बर्षमा भन्दा बढी दर्शक भित्राउने लक्ष्य राखेको बताउनुभयो । आयोजकले यस संस्करणमा दुई लाख बढी दर्शक भित्राएर महोत्सव अवधिभर पाँच करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिएको छ । 

 

महोत्सवमा यस क्षेत्रका कृषि उत्पादनको विक्री र प्रदर्शनका साथै अटोमोवाइल्स, खाद्यान्न, लत्ताकपडा, हस्तकलाको प्रर्दशनी र विक्रीलाई प्राथमिकतामा राखिएको छ । यस्तै पालिका स्तरीय भलिबल प्रतियोगिता, राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती, विद्यालय र खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता तथा बाल उद्यान महोत्वसको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

शुक्लागण्डकी महोत्सव , श्यामले हसाए, सुमनले नचाइन् दर्शक

दुलेगौंडा।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ  शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी

महोत्सवमा टिकटक र रिल्स भिडियो प्रतियोगिता

बेलचौतारा ।  पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवमा यो पटक टिकटक र रिल्स भिडियो प्रतियोगिता हुने भएको छ । भिडियो निर्माणमा युवापुस्ताको लगाबलाई

च्यवनधाममा महेश्वर खनाल भजन समूह प्रथम

दुलेगौँडा ।  मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको सातौं संस्करणको खुला भजन कीर्तन प्रतियोगितामा महेश्वर खनाल भजन समूह प्रथम भएको छ