• आइतबार ७-९-२०८३/Sunday 10-25-2026
  • ON AIRFacebook.com
  • UP NEXTThaha Khabar

शुक्लागण्डकी महोत्सव , श्यामले हसाए, सुमनले नचाइन् दर्शक

दुलेगौंडा।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ  शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा आइतवार  कलाकार श्याम राना, होमेश भण्डारी, सुमन थापा र स्बाल सन्जालको प्रस्तुतीले दर्शकलाई नचाए । 

 


आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ ।  साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।

 

सोमवार कलाकार राजन कार्की, कृष्ण गुरुङ, सरस्वती लामिछाने, शिव शर्मा लगायतको प्रस्तुती समावेश गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए । सोमवार साँझ भियोमाको लाईभ कन्सर्ट हुने कन्र्सट व्यवस्थापन उपसमिति संयोजक सुमन सापकोटाले बताए । 

 


महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १३ गते लायन्स

दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व

दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग

खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम 

खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी

↑