• मंगलबार ५-३०-२०८३/Tuesday 09-15-2026
  • ON AIRFacebook.com
  • UP NEXTNepal Khabar

दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व

दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ।

May be an image of temple and text

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघअन्तर्गत वडा नम्बर ४ व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगितामा पोखरा–३२ को उज्ज्वल आमा समूह द्वितीय र नेत्रहीन ऊर्जा समूह, भिमाद तृतीय भएका छन्। कार्यक्रम संयोजक एवं वडा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विकले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको जानकारी दिनुभयो ।

 

यस्तै, चौथो र पाँचौँ स्थान हासिल गरेका सिद्धार्थ आमा समूह, कवासे र उन्नतिशील आमा समूह, दुलेगौँडालाई पाँच–पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने फुलबारी बालबालिका समूह र उत्कृष्ट भेषभूषातर्फ क्षत्री समाज, दुलेगौँडा दुई–दुई हजार रुपैयाँसहित सम्मानित भएका छन् ।

May be an image of one or more people

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शिला आले र चर्चित नृत्याङ्गना प्रगति पुनले आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । यसैबीच, आयोजक वडा व्यवस्थापन समितिले उत्कृष्ट व्यवसायीका रूपमा गोविन्द ज्वारचन र तुलसी शाहलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक ‘राजु’ सहभागी हुनुभएको थियो ।

May be an image of one or more people, dais and text

प्रतिकृया दिनुहोस

खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम 

खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी

शुक्लागण्डकी महोत्सव , श्यामले हसाए, सुमनले नचाइन् दर्शक

दुलेगौंडा।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ  शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी

महोत्सवमा टिकटक र रिल्स भिडियो प्रतियोगिता

बेलचौतारा ।  पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवमा यो पटक टिकटक र रिल्स भिडियो प्रतियोगिता हुने भएको छ । भिडियो निर्माणमा युवापुस्ताको लगाबलाई