शुक्लागण्डकी महोत्सव : साँझमा प्रमोद खरेलको कन्सर्ट, दिउँसो चर्चित कलाकारको प्रस्तुती
दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा आज साँझ प्रमोद खरेलको लाईभ कन्सर्ट हुने भएको छ ।
देश विदेशमा सर्वाधिक खोजिएका मध्य एक खरेलको कन्सर्ट साँझ ७ बजेदेखि ९ बजेसम्म हुने संयोजक सुमन सापकोटाले बताए । यसैगरी दिउँसो कलाकार घनश्याम रिजाल, सञ्जिव सिंह राना, सन्तोष केसी, तुलसा क्षेत्री लगायतको प्रस्तुती समावेश गरिएको छ । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीसँगै लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको संघका उपमहासचिव विर्सना श्रेष्ठले जानकारी दिइन् । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता चलिरहेको छ ।
भलिबलतर्फ आइतवार म्याग्दे र बौद्धिकाली, माछापुच्छ«े र पुतलीबजार र शुक्लागण्डकी ए र भिमादबीच खेल हुने प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सीनाले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।
महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।
दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक
साङ्गीतिक क्षेत्रमा निरन्तरताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गायक दिपेन्द्र खत्री । यसअघि एक–दुई गीत गाए पनि व्यावसायिक
आज शुक्लागण्डकी महोत्सवमा अर्जुन सापकोटा
दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा बुधवार चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ
मगर नृत्य प्रतियोगितामा प्रविना गुरुङ प्रथम
दुलेगौँडा । खुला शुक्लागण्डकी स्तरीय मगर नृत्य प्रतियोगिताको उपाधि कपासेकी प्रविना गुरुङले जितेकी छन् । मगर समुदायको सास्कृतिक संस्कार

प्रतिकृया दिनुहोस