• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRCultural Songs
  • UP NEXTNepal Khabar

तमु समाज सलालाह ओमनको सहयोग स्याङ्जाकी देउमायालाई

तनहुँ ।  रोजगारीको क्रममा ओमन पुगेका तमु समुदायका व्यक्तिहरुले देशको अर्थतन्त्रसँगै गरिव, दुखी, असहाय र विरामीहरुको सहारा बनेर पनि योगदान पु¥याइरहेका छन् । तमु समाज सलालाह ओमनले नेपालका विभिन्न स्थानमा पुगेर गम्भिर रोगबाट पिडामा रहेका नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने विदेशमा समेत समस्यामा परेकाहरुलाई उद्धार र राहत उपलब्ध गराउदै आएको छ । 

 


विरामीको अवस्थाबारे जानकारी प्राप्त गरेपछि उनीहरुको अवस्थालाई विश्लेषण गरि सहयोग गर्दै आएका समाजले स्याङजाको भिरकोट नगरपालिका –०८ पहरेकी मृगौला पिडीत देउमाया गुरुङ्गलाई आर्थिक सहयोग प्रदान गरेको छ । घरको कमजोर आर्थिक अवस्थाकै कारण उपचारमा समस्या झेल्दै आएकी गुरुङ्गलाई समाजले घरमै पुगेर ५६ हजार ४०० रुपैया सहयोग गरेको सचिव योगेश तमुले जानकारी दिनुभयो । तमुले दुई बर्षदेखी मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव खेपेकी देउमायालाई कोषाध्यक्ष रुद्रबहादुर तमु र सदस्य विलबहादुर तमुको उपस्थितीमै निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । 

 


केही समय पोखरा स्थित फिस्टेल अस्पतालमा  उपचार गराएपनि महँगो उपचार आर्थिक स्रोतले धान्न नसकेपछि हाल बयरघारी बसेर देउमायाले वालिङ सामुदायिक डायलसिस सेन्टरबाट डायलसिस सेवा लिइरहेकी छन् ।देउमायालाई सहयोग गरेको यो समाजले स्वदेश र विदेशमा रहेको विभिन्न नेपालीहरुलाई सहयोग गर्दै आएको छ । बैदेशिक भूमिमा नेपाली संस्कृतिको जगेर्ना गर्दै आएको संस्थाले सामाजिक सेवाका गतिविधिहरुमा समेत सक्रिय रहेको छ । 

 

५७ बर्षीय उनको बारेमा सदस्य टिकमाया तमुस्योले जानकारी गराएपछि सचिव मनमति तमुस्योको समर्थनमा अध्यक्ष देवि तमुस्योले ३४ औँ बैठक मार्फत सहयोग गर्ने निर्णय पारित गराउनुभएको थियो । समाजले उपलब्ध गराएको सहयोग ग्रहण गर्दै देउमायाले उपचारमा सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्य संस्थाको सहयोगका लागि समेत अपेक्षा रहेको बताउदै मनकारी संस्था र ब्यक्तिको सहयोग आफ्नो उपचारको सहारारहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा

दुलेगौंडा ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शनिबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।   आँखामा

मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले

शुक्लागण्डकी नगरपालिका ’पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषित

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सोमबार एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषणा गरिएको छ ।