शुक्लागण्डकी नगरपालिका ’पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषित
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सोमबार एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोपयुक्त सुनिश्चित’ पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाहरूले नेपाल सरकारले तोकेका सम्पूर्ण खोपहरू पाएको सुनिश्चित भएपछि यस पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाका अनुसार पालिकाका सबै वडामा रहेका बालबालिकाहरूको घरधुरी सर्वेक्षण र स्वास्थ्य परीक्षणका क्रममा कोही पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको पाइएपछि यो सफलता हात परेको हो । शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर बिक राजुको अध्यक्षता आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख एबं जिल्ला खोप अभियानका संयोजक शान्तिरमण वाग्लेले शुक्लागण्डकी नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएको मा खुसी व्यक्त गर्दै खोप अभियानलाई सफल बनाउन अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा टोल विकास संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त घोषणा कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगरपालिकाले यस उपलब्धिको दिगोपनका लागि आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिने र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शनिबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। आँखामा
मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले
तमु समाज सलालाह ओमनको सहयोग स्याङ्जाकी देउमायालाई
तनहुँ । रोजगारीको क्रममा ओमन पुगेका तमु समुदायका व्यक्तिहरुले देशको अर्थतन्त्रसँगै गरिव, दुखी, असहाय र विरामीहरुको सहारा बनेर पनि योगदान

प्रतिकृया दिनुहोस