• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

गृहजिल्ला आएर काँग्रेस महामन्त्रीले गरे सरकारको आलोचना

दुलेगौंडा । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले रास्वपा नेतृत्वको सरकारले जनस्तरमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

 

सोमबार गृह जिल्ला तनहुँ आएर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले सरकारले जनतामा आशा देखाउनुपर्ने भएता पनि त्रास सिर्जना गर्ने र असुरक्षित महशुष हुने वातावरण बनाएको बताउनुभयो ।

 

पौडेलले सरकारले कानुनी राज्यको महशुष हुने अवस्थाको सिर्जना गर्नुपर्ने भएता पनि जनतालाई दम्भ देखाउने, नियन्त्रण गर्ने, तर्साउने जस्ता गतिविधि देखाएर कानुनभन्दा माथि भएजस्तो ब्यवहार देखाएको बताउनुभयो । उहाँले काँग्रेसले यस्तो रवैया स्वीकार्न नसक्ने स्पष्ट पार्दै राम्रो काममा समर्थन गर्ने तर विपन्न, सुकुम्वासी र कृषकहरुप्रति अनुदार नहुन सुझाव समेत दिनुभएको छ  ।

 

पौडेलले सरकारसँग जनताको समस्या समाधान गर्ने उचित योजना नभएको पनि बताउनुभयो । सरकार गठन भएको छोटो समयमा जनताको अपेक्षा अनुसार चल्ने छाटकाट नदेखिएको धारणा ब्यक्त गर्दै संसदमा प्रतिपक्षको आवाज दवाउने कार्य भईरहेकाले ठुलो जनदवाव सिर्जना गरेर ठिक पार्नुपर्ने अवस्था देखिएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन

दुलेगौँडा ।  तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी

दुलेगौँडामा भोली रक्तदान कार्यक्रम आयोजना गरिदै

दुलेगौँडा । रगत अभावको कारण उपन्न हुन सक्ने स्थितीलाई मध्येनजर गरेर शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

भिमादमा सर्वसाधारणलाई लक्षित गरेर अत्याधुनिक धारा जडान

भिमाद। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका