• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRJindagi Rocks
  • UP NEXTDhorbarahi Highlights

१५ औं रेडियो ढोरबाराही उत्सव सम्पन्न

रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा रेडियो’ विषयमा विचार गोष्ठी सम्पन्न गरेको हो ।

 

गोष्ठीमा शुक्लागण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले मिथ्या सुचनाको बाढीमा रेडियो नागरिकको विस्वसनीय स्रोत बन्न सफल भईरहेको बताउनुभयो । उहाँले समाचार सम्प्रेषण छिटो गर्ने बहानामा गलत सुचना फैलाउने क्रम पनि बढ्न थालेकाले गम्भिर समिक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो । पण्डितले स्थानीय तहले स्थानीय सञ्चार माध्यमहरुलाई प्राथमिकता दिदै आएको जानकारी दिदै खोज पत्रकारितामा जोड दिन सञ्चाकर्मीहरुलाई आग्रह गर्नुभयो ।

 

 
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले सञ्चार माध्यमहरु धरासायी बन्दै गईरहेको अवस्थालाई चिर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने, आवश्यकता अनुसार सञ्चार संस्थाहरु मर्ज हुनुपर्ने, सञ्चार माध्यमहरु विचको सहकार्यलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारलेसमेत सञ्चार माध्यमहरुको विकासमा सहयोगी भूमिका नखेलेको गुनासो गर्दै सकरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा बताउनुभयो । 


कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका सभापति हरि खड्का, नेकपा शुक्लागण्डकीका संयोजक शरण  सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीका अध्यक्ष ऋषेश्वर भुवाई लगायतले रेडियो परिवर्तित समयअनुसार परिमार्जन गरि चल्नुपर्ने विचार ब्यक्त गरे । उनीहरुले रेडियोको प्रशारणलाई स्रोतामुखी बनाउदै विस्वास बृद्धि गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिएका थिए । 

 


कार्यक्रममा रेडियो प्रस्तोता एवं साहित्यकार टुकादेवि पौडेल आचार्यलाई नगद १० हजार राशी र सम्मानपत्रसहित सम्मान गरिएको थियो । पौडेललाई रेडियो मार्फत साहित्यका विकास गर्न सफल भएकाले सम्मान गरिएको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभयो । 

 


रेडियो प्रशारण उपसमितिका संयोजक ज्ञानप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन सचिव फणिन्द पौडेलले प्रस्तुत गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष खेमराज खनाल र कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर अशोक विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा