सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने
खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ।
शुक्रबार निर्वाचित क्षेत्रका पत्रकारहरूसँग कुराकानी गर्दै न्यौपानेले जनताले प्रधानमन्त्री बालेन शाहप्रति विश्वास व्यक्त गर्दै जनमत दिएको दाबी गर्नुभयो। उहाँले सरकारको कामलाई मूल्याङ्कन गर्न केही समय दिनुपर्ने बताउनुभयो। यद्यपि, मन्त्रिपरिषद्का सदस्यहरूको कार्यक्षमताको भने नियमित मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दै सरकारलाई थप प्रभावकारी बनाउनुपर्ने र देशलाई विकासको नयाँ मोडेलमा अघि बढाउनुपर्ने न्यौपानेले बताउनुभयो।
यसैबीच, न्यौपानेले अव्यवस्थित बसोबासको समस्या समाधान गर्न बस्ती विकास ऐन निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो। अव्यवस्थित बसोबासीको समस्या समाधानमा कानुनी जटिलता रहेको उल्लेख गर्दै उहाँले आवश्यक कानुन निर्माण गर्न सके देशभरको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत
दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन
तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन
कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

प्रतिकृया दिनुहोस