ब्लड क्यान्सर पीडित दुई वर्षीय शिवान्स पौडेललाई तालवेशी शान्ति टोलको आर्थिक सहयोग
शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मालेबगरस्थित तालवेशी शान्ति टोलले ब्लड क्यान्सरबाट पीडित दुई वर्षीय शिवान्स पौडेलको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै टोलबासीहरूले स्वेच्छिक रूपमा संकलन गरेको १० हजार ८ सय ५० रुपैयाँ एक कार्यक्रमका बीच बिरामीका बुवा कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो। सहयोग रकम टोलका अध्यक्ष कृष्णबहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै टोलका सचिव मदन रेग्मीले दुःखको घडीमा एकअर्कालाई साथ दिनु नै समाजको वास्तविक शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोगले बालक शिवान्सको उपचारमा केही राहत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा टोलबासी तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीप्रति तालवेशी शान्ति टोलले हार्दिक आभार व्यक्त गरेको छ।
मृगौला पीडित अमृतलाई आर्थिक सहयोग
भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा
उन्नतीशिल आमा समुहको अध्यक्षमा रजनी सर्वसम्मत चयन
दुलेगौडा | समाजसेवी रजनी थापा उन्नतीशिल आमा समुहको अध्यक्षामा पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दुलेगौडामा बसोवास गर्ने महिलाहरु आबद्द रहेको
झरौटामा मलमास सत्संग ज्ञान यज्ञ आजबाट
दुलेगौडा । समाजमा मलमास अर्थात पुरुषोत्तममासको महिमाबारे जानकारी दिने उदेश्यले बुधबारदेखि शुक्लागण्डकी नगरपालिका ५ झरौटामा सत्संग ज्ञान यज्ञ सुरु

प्रतिकृया दिनुहोस