साँखेमै प्रहरी चौकी स्थापना गर्न शुक्लागण्डकी नगरपालिकाको माग
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेस्थित साना बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ।
शुक्लागण्डकी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तनहुँमा पत्राचार गर्दै साँखेस्थित बजार तथा आसपासका बस्तीको सुरक्षाका लागि प्रहरी चौकी आवश्यक रहेको जनाएको हो।
नगरपालिकाका अनुसार साँखे साना शहरउन्मुख बजारका रूपमा विकास भइरहेको, साँखेदेखि स्याङ्जातर्फ जाने सडकको निकास रहेको तथा बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट समेत करिब १५ किलोमिटरभन्दा टाढा रहेकाले स्थानीय सुरक्षाका लागि छुट्टै प्रहरी चौकी आवश्यक देखिएको हो।
यसअघि साँखेमा रहेको स्वास्थ्य चौकीलाई शहीद फूलबारीमा गाभिएपछि उक्त स्थानमा प्रहरी चौकी स्थापनाका लागि स्थानीय नागरिकको समेत माग रहेको नगरपालिकाले जनाएको छ।
प्रहरी चौकी स्थापनाका लागि नगरपालिकाले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलाई भेटेर ध्यानाकर्षण गराएको छ।
भेटका क्रममा प्रमुख जिल्ला अधिकारी तिवारी र प्रहरी उपरीक्षक कार्कीले साँखेको स्थलगत अवलोकन गरी प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीय तथा नगरपालिकाका प्रतिनिधि आशावादी बनेका छन्।
नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न साँखेमै छिट्टै प्रहरी चौकी स्थापना हुने अपेक्षा गरेको छ।
शुक्लागण्डकीमा ग्यास अभाव : विक्रेता भन्छन्– ‘हामीसँग ग्यास छैन’
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेताहरूसँग छलफल गरेको छ।
शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना, चालक सहित १२ जना घाइते
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँबाट दुलेगौँडातर्फ आउँदै गरेको टाटा सुमो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। वडाको
दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन
दुलेगौँडा । तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी

प्रतिकृया दिनुहोस