शुक्लागण्डकीमा बजेट अनुमानमै सीमित, प्राप्त बजेट ७५ प्रतिशतमात्र खर्च
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले गत आर्थिक वर्षको बजेट लक्ष्यअनुसार कार्यान्वयन गर्न नसकेको पाइएको छ। नगरपालिकाले बुधबार आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा गत वर्षको बजेट तथा योजना कार्यान्वयनको अवस्था सार्वजनिक गरिएको हो।
नगरपालिकाले गत आर्थिक वर्ष १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको बजेट अनुमान गरेको थियो। तर संघ र प्रदेश सरकारबाट प्राप्त हुने बजेटमा कटौती तथा आन्तरिक राजस्व अपेक्षाअनुसार संकलन हुन नसक्दा कुल १ अर्ब १ करोड ७८ लाख ४० हजार रुपैयाँ मात्रै बजेट कार्यान्वयन भएको लेखा शाखा प्रमुख कोपिला भट्टराईले जानकारी दिनुभयो। यो अनुमानित बजेटको ७९ दशमलव ३७ प्रतिशत हो।

त्यसैगरी, प्राप्त बजेटमध्ये पनि ७४ दशमलव ७१ प्रतिशत मात्रै खर्च भएको छ। चालुतर्फ ८३ दशमलव ९६ प्रतिशत बजेट खर्च हुँदा पुँजीगततर्फ भने ५७ दशमलव ४ प्रतिशत मात्रै खर्च भएको भट्टराईले बताउनुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले पुँजीगत बजेट खर्च न्यून हुनुमा योजना कार्यान्वयनमा देखिएका समस्या तथा ठेक्कामार्फत सञ्चालन भएका काम समयमै सम्पन्न हुन नसक्नु प्रमुख कारण रहेको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्ष ६६ वटा उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरिएको थियो भने ठेक्का लागेका १२ वटा आयोजना समयमै सम्पन्न हुन सकेनन्।

समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा अधिकृत तथा वडा सचिवहरूले गत आर्थिक वर्षमा सम्पन्न भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुका साथै सम्पन्न हुन नसकेका योजनाबारे समेत जानकारी गराएका थिए। कार्यक्रम नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक ‘राजु’ लगायत कार्यपालिका सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
पोखरादेखि ढोरबाराही मन्दिरसम्म साइकल यात्रा हुने
दुलेगौँडा । स्वास्थ्य, वातावरण संरक्षण र इन्धनको खपत घटाउने सन्देश प्रवाह गर्न पोखरादेखि तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरसम्म बृहत्
साँखेमै प्रहरी चौकी स्थापना गर्न शुक्लागण्डकी नगरपालिकाको माग
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेस्थित साना बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गर्न माग
शुक्लागण्डकीमा ग्यास अभाव : विक्रेता भन्छन्– ‘हामीसँग ग्यास छैन’
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई सहजीकरण गर्न ग्यास विक्रेताहरूसँग छलफल गरेको छ।

प्रतिकृया दिनुहोस