प्रहरीसँग बिद्यार्थीको एक दिने कार्यक्रम सम्पन्न
बेलचौतारा । तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजना तथा नेपाल पुलिस स्कुल बेलचौताराको सहकार्यमा शनिवार जिल्ला प्रहरी कार्यालय तनहुँको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल पुलिस स्कुल बेलचौतारामा अध्ययनरत कक्षा ९ का ५० जना विद्यार्थी सहभागी भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले कार्यालयबाट सम्पादन हुने विभिन्न कार्य, प्रहरीको भूमिका तथा तनहुँ जिल्लाको समग्र वस्तुस्थिति समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाको अवलोकनसमेत गराइएको थियो। विद्यार्थीलाई प्रहरीको काम, जिम्मेवारी र समुदायसँगको सहकार्यबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पुलिस स्कुल बेलचौताराका प्रधानाध्यापक मुकुन्दकुमार गिरी, विद्यालयका समादेशक प्रहरी निरीक्षक दिनेश गौतमलगायतको उपस्थिति रहेको थियो।
नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका
चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ
बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको
सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग
भिमाद । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद

प्रतिकृया दिनुहोस