चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ
बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको आँगनमा पार्किङ गरी राखेको बजाज कम्पनीको रातो–कालो रंगको १६० सीसी एनएस मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा खबर गरेका थिए।
भदौ ५ गते राति पार्किङ गरिएको मोटरसाइकल भदौ ६ गते बिहान नदेखिएपछि मोटरसाइकलधनीले सोही दिन साँझ प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा भदौ ७ गते दिउँसो शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित जंगलबाट चोरी भएको मोटरसाइकलसहित शुक्लागण्डकी–४ गाछेपानी बस्ने २० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका
सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग
भिमाद । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद
प्रहरीसँग बिद्यार्थीको एक दिने कार्यक्रम सम्पन्न
बेलचौतारा । तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय

प्रतिकृया दिनुहोस