• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • ON AIRCalling Time
  • UP NEXTNepal Khabar

ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा

दुलेगौंडा ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शुक्रबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।

 

आँखामा देखिने विभिन्न किसिमका समस्याको पहिचान तथा उपचारसम्बन्धी परामर्श दिने उद्देश्यले आयोजना गरिएको शिविरमा १३९ जनाले आँखा परीक्षण गराएका छन्। शिविरमा ढोरफिर्दी र आसपासका स्थानीयवासीले आँखासँगै सुगर र रक्तचापसमेत जाँच गराएका थिए।

 

ढोरफिर्दीचर्चको आयोजना तथा आर्क अफ होप आईकेयर पोखराको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखाको दृष्टि परीक्षण गर्नुका साथै जलबिन्दु, मोतिबिन्दु तथा चस्माको आवश्यकता लगायतका आँखासम्बन्धी समस्याको परीक्षण गरिएको थियो। शिविरमा चिकित्सकद्वय रोनिमा गुरुङ र इन्द्रबहादुर अधिकारीले सहभागीहरूको आँखा परीक्षण गर्नुका साथै आँखा उपचार तथा आँखाको हेरचाहका विषयमा आवश्यक परामर्शसमेत प्रदान गर्नुभएको थियो।

 

शिविरका विषयमा जानकारी दिँदै ढोरफिर्दी चर्चका जोसेफ देवकोटाले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।  शिविरमा प्राविधिक सहित आवस्यक औषधी समेत उपलब्ध गराएको आर्क अफ होप आइकेयरका सञ्चालक पिटर गुरुङले आफुहरु मासिक शिविर सञ्चालन गर्ने अभियानको निरन्तरा सहित ढोरफिर्दी आएको जानकारी दिनुभयो । गुरुङले आफुहरुले यसअघि समेत स्याङ्जा, तनहुँ र कास्कीका बिभिन्न स्थानमा निशुल्क १६ सिविर सञ्चालन गरी ३२ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका

चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ

बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको

सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग 

भिमाद ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद