• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRCultural Songs
  • UP NEXTNepal Khabar

बाढीमा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा दीप प्रज्वलन

बेलचौतारा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा हालसम्म बेपत्ता भएकाहरूको सम्झनामा तनहुँको शुक्लागण्डकीमा दीप प्रज्वलनसहित मौन प्रार्थना गरिएको छ ।

 


बाढीपछिको १३ औँ दिन सोमबार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा संघको सचिवालयअगाडि उद्योगी–व्यवसायीले दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा बेपत्ताप्रति सम्मान व्यक्त गरेका हुन् । कार्यक्रममा बाढीका कारण उद्योग तथा व्यवसाय क्षेत्रमा समेत ठूलो क्षति पुगेको भन्दै प्रभावितको राहत तथा पुनःस्थापनाका लागि राज्यले तीव्र रूपमा काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

 


सोही अवसरमा संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले राहतस्वरूप ५१ हजार रुपैयाँको चेक नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य तथा संघका निवर्तमान अध्यक्ष विमलप्रसाद रिमाललाई हस्तान्तरण गर्नुभयो । उक्त रकम रिमालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नुहुनेछ ।

 


कार्यक्रममा वडाध्यक्ष दीर्घबहादुर थापा, वडा सदस्य राजबहादुर थापा तथा कपडा, फेन्सी तथा कस्मेटिक व्यवसायी संघ खैरेनीटारका अध्यक्ष वर्मकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

मन्टेश्वरीका विद्यार्थीलेसमेत सम्झिए बाढी प्रभावितलाई 

ढोरफिर्दी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित आदर्श विद्यामन्दिर मन्टेश्वरी स्कुलमा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान

कमला घाट शवदहन गृह व्यवस्थापन समितिको नेतृत्वमा इश्वरीमाया कायस्थ

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा रहेको कमलघाँट शब्दहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय