• बिहीबार ५-१८-२०८३/Thursday 09-03-2026
  • ON AIRCalling Time
  • UP NEXTNepal Khabar

कमला घाट शवदहन गृह व्यवस्थापन समितिको नेतृत्वमा इश्वरीमाया कायस्थ

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा रहेको कमलघाँट शब्दहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित ११ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।

 

यसअघि अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि ती पदमा नेतृत्व चयन हुन बाँकी रहेको थियो । अध्यक्ष र सचिव पदका लागि मतदानमार्फत नेतृत्व चयन गर्ने तयारी भए पनि अन्ततः यसअघि निर्वाचित ११ जना सदस्यबाटै कार्यसमितिलाई पूर्णता दिने निर्णय गरिएको निर्वाचन समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

 

निर्वाचन संयोजक लामिछानेका अनुसार समितिको अध्यक्षमा इश्वरीमाया कायस्थ, उपाध्यक्षमा यमबहादुर नेपाली, सचिवमा यामप्रसाद सापकोटा, कोषाध्यक्षमा इश्वरी भण्डारी र सहसचिवमा मनबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

 

यस्तै, सदस्यहरूमा शम्भूबहादुर राना, नरेश बस्नेत, रामबहादुर भण्डारी, गोमाया थापा, लालुमाया ढुङ्गाना र रामशरण भण्डारी रहनुभएको छ ।

 

अध्यक्ष र सचिव पदमा निर्वाचन गराएर थप नेतृत्व चयन गर्दा सकारात्मक सन्देश नजाने निष्कर्ष निकाल्दै मौजुदा निर्वाचित सदस्यहरूबाटै सहमतिका आधारमा नयाँ कार्यसमितिलाई पूर्णता दिइएको निर्वाचन संयोजक लामिछानेले बताउनुभयो ।उहाँका अनुसार आपसी सहमति र सहकार्यलाई प्राथमिकता दिँदै यसअघि निर्वाचित सदस्यहरूबाटै नेतृत्व चयन गरी समितिलाई पूर्णता दिइएको हो ।

 

प्रतिकृया दिनुहोस

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

बाढीपीडितका लागि खैरेनी माविका बिद्यार्थीले जुटाए १६ हजार बढी सहयोग

खैरेनीटार । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुँको खैरेनी माध्यमिक विद्यालयका

शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न

दुलेगौँडा । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार दुलेगौँडामा सम्पन्न साधारण सभामा विद्युत