दुलेगौँडा सांस्कृतिक महोत्सव विवादमा, रोक लगाउन व्यवसायीको माग
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडामा शुक्लागण्डकी युवा क्लवले पर्सि बिहीबारदेखि १० दिने महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ । तर, क्लवले अवैध रूपमा महोत्सव आयोजना गर्न लागेको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन् ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको क्लवलाई सांस्कृतिक मेला गर्ने अनुमति भए पनि व्यावसायिक महोत्सव गर्ने अनुमति नभएको भन्दै विरोध जनाएको हो । व्यवसायीहरूले संघमार्फत नगरपालिकालाई समेत ध्यानाकर्षण गराउँदै महोत्सव आयोजना गर्न रोक लगाउन आग्रह गरेका छन् । दसैँ र तिहारजस्ता मुख्य चाडपर्वको सम्मुखमा महोत्सव आयोजना गर्दा यस क्षेत्रका व्यवसायीहरूलाई असर पर्न सक्ने भन्दै संघले अनुमति प्राप्त भएअनुसार सांस्कृतिक मेला मात्रै गर्न र व्यावसायिक गतिविधि रोक्न माग गरेको छ ।
यता, शुक्लागण्डकी नगरपालिकाले पनि अनुमति दिइएअनुसार नै मेला आयोजना गर्न आयोजकलाई निर्देशन दिने तयारी गरेको संघका महासचिव सुजन श्रेष्ठले जानकारी दिनुभयो । क्लवका एक सदस्यले समेत यस अघि नै महोत्सवमा स्टल राखेर ब्यवसाय गर्ने दिने वा नदिने विषयमा विवाद भएको खुलाउनुभएको छ । उहाँले यस विषयमा बैठक बसेर फेन्सी र कस्मेटिक ब्यवसायको स्टल नराख्ने विषयमा सहमति भएपनि आयोजकका केही ब्यक्तीहरु सहमति विपरित लागेको गुनासो गर्नुभयो ।
क्लवले यही असोज १८ गतेसम्म दुलेगौँडास्थित कसेरी खेलमैदानमा महोत्सव आयोजना गर्ने तयारी पूरा गरिसकेको छ ।
दुलेगौडा महोत्सव गर्न छैन प्रशासनको अनुमति
अशोक विश्वकर्मा पर्सि अर्थात् असोज ८ गतेदेखि तनहुँको दुलेगौँडामा सञ्चालन गर्न लागिएको महोत्सवका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति
दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व
दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग
खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम
खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी

प्रतिकृया दिनुहोस