शुक्लागण्डकीमा नेकपाको जागरण अभियान सुरु
दुलेगौंडा । केन्द्रदेखि जिल्ला तहले सुरु गरेको नेपाली कम्युनिष्ट पार्टीको जागरण अभियान शुक्लागण्डकी नगरपालिकामा पनि सुरु भएको छ । पार्टी संगठन विस्तार, सदस्यता नवीकरण तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गरेका गलत क्रियाकलापबारे जनतालाई सुसूचित गराउने उद्देश्यले नेकपाले बिहीबारदेखि शुक्लागण्डकीमा जागरण अभियान सुरु गरेको हो ।
जिल्ला कमिटीको निर्णयअनुसार अभियानको इन्चार्जको जिम्मेवारी पाउनुभएकी केन्द्रीय सदस्य आशा कोइरालाको उपस्थितिमा नेकपा शुक्लागण्डकीले पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको छ । दुलेगौँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा शुक्लागण्डकीका संयोजक सरन सापकोटाले नगरपालिकाका १२ वटै वडामा प्रदेश समितिमा रहेका नेताहरूको नेतृत्वमा अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सापकोटाका अनुसार जनतामाझ पार्टीको विचार प्रवाह गर्ने, सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने, संगठन विस्तारमा पहल गर्ने, स्थानीय तह तथा प्रदेशको आगामी निर्वाचन लक्षित गतिविधि सञ्चालन गर्ने र महाधिवेशनका लागि जनस्तरबाट सुझाव संकलन गर्ने अभियानका मुख्य उद्देश्य रहेका छन् । त्यसैगरी, जनताका आवश्यकता र माग सम्बोधन गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाउने उद्देश्यसमेत अभियानले राखेको उहाँले बताउनुभयो ।
अभियान सञ्चालनका लागि वडा नम्बर १ मा धर्म नेपाली, २ मा सरन सापकोटा, ३ मा सुमन आले, ४ मा झ्यामकुमार भुजेल, ५ मा मित्रबन्धु पौडेल र दिनेश गौतम, ६ मा सर्वदा घिमिरे, ७ मा खुमबहादुर विक (राजु) र राजन खत्री तथा ८ मा दिनेश गौतमलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै, वडा नम्बर ९ मा जौमाया बराल सुनार, १० मा रामचन्द्र भण्डारी र राजेन्द्र भट्टराई क्षेत्री, ११ मा थमन आले, रिता भुजेल, नारायण सिग्देल र खिमलाल भण्डारी (राजु) तथा १२ मा खुमबहादुर विक (राजु) र थमन आलेलाई जिम्मेवारी प्रदान गरिएको नेकपा शुक्लागण्डकीले जनाएको छ ।
नेकपाले गत कात्तिक ७ गतेदेखि देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
दुलेगौँडा खानेपानी समितिको ३४ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न
दुलेगौंडा । तनहुँको दुलेगौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको दुलेगौँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ३४ औँ वार्षिकोत्सव तथा १२
तीनखोले बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न
खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा रहेको तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ
शुक्लागण्डकीको म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी, दुई ट्याक्टर पक्राउ
बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका सिमामा पर्ने सेति/म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी गर्ने दुई ट्याक्टरलाई

प्रतिकृया दिनुहोस