• बुधबार ७-२६-२०८३/Wednesday 11-11-2026
  • ON AIRDinesh Sun Chandi Lok Bhaka
  • UP NEXTThaha Khabar

ओमानको सलालाहमा तमु ल्होसारको तयारी तीव्र

रोजगारी तथा विभिन्न अवसरको खोजीमा ओमान पुगेका नेपाली तमु समुदायले यस वर्षको तमु ल्होसार भव्य रूपमा मनाउन तयारी तीव्र पारेका छन् ।

 

ओमानको सलालाहमा क्रियाशील तमु समाज सलालाह ओमानले आगामी पुस २४ गते अर्थात् सन् २०२७ जनवरी ८ तारिख शुक्रबार तमु ल्हु ल्होसार शुभकामना आदान प्रदान,स्योकैँ तथा सांस्कृतिक कार्यक्रम २०८३ आयोजना गर्ने निर्णय गरेको हो । समाजको नोभेम्बर ६ तारिख सम्पन्न ४०औँ बैठकले ल्होसारलाई भव्य र सभ्य रूपमा मनाउने निर्णय भएको कार्यक्रम संयोजक प्रकाश तमुले  जानकारी दिनुभयो ।

 

समाजकी अध्यक्ष देवी तमुस्यो र संरक्षक लालमति तमुस्योले कार्यक्रम गर्ने बारे संयुक्त घोषणा गर्दै यस वर्ष सलालाहस्थित हमदान प्लाजा होटलको सी-साइड हलमा कार्यक्रम आयोजना हुने जानकारी दिए । उनीहरुले कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक राजु गुरुङलाई आमन्त्रण गर्ने निर्णयसमेत भएको  बताएका छन् । तमु समाजले हरेक वर्ष नेपालका चर्चित कलाकारहरूलाई आमन्त्रण गरी सांस्कृतिक कार्यक्रमसहित तमु ल्होसार मनाउँदै आएको छ ।

 

विशेषगरी प्रवासमा रहेका गुरुङ समुदायलाई एकताबद्ध गर्दै आफ्नो मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा तमु समाज सलालाह ओमानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस वर्ष गुरुङ (तमु) समुदायले आफ्नो नयाँ वर्षको रुपमा घोडा वर्गलाई बिदाइ गरी भेडा बर्गको स्वागत गर्दैछन् ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १३ गते लायन्स

दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व

दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग

खैरेनीटारमा सिद्धार्थ आमा समुह प्रथम 

खैरेनीटार । खैरेनीटारमा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा शुक्लागण्डकी–३, कवासेको सिद्धार्थ आमा समूह प्रथम भएको छ। १० समूह सहभागी

↑