• आइतबार ७-३०-२०८३/Sunday 11-15-2026
  • ON AIRKayakairan
  • UP NEXTHealth Tips

शुक्लागण्डकीमा फुल उत्पादक किसानले बजार पाए, ९ लाख ५३ हजार आम्दानी

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–बेलचौतारामा तिहारलाई लक्षित गरी सञ्चालन गरिएको हाटबजारमार्फत स्थानीय फूल किसानले उत्पादनको उचित बजार पाएका छन् ।


नगरपालिकाले तिहार विशेष हाटबजार सञ्चालन गरेपछि स्थानीय किसानले उत्पादन गरेका फूल बिक्री गर्न सहज भएको हो । हाटबजारमार्फत यस वर्ष २ हजार ७ सय ६० किलोग्राम फूल बिक्री भएको छ । उक्त परिमाणको फूल बिक्रीबाट करिब ९ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको प्रक्षेपण गरिएको नगरपालिकाले जनाएको छ ।


स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र किसानलाई बजारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको हाटबजारले फूलखेतीमा आबद्ध किसानलाई प्रत्यक्ष लाभ पु¥याएको नगरपालिका उपप्रमुख खुमबहादुर विकले दावि गर्नुभयो । यसले स्थानीय स्तरमै उत्पादित फूलको बजारीकरण सम्भव रहेको देखाएको छ ।


नगरपालिकाले हाटबजार सञ्चालनका क्रममा देखिएका कमी–कमजोरीलाई आगामी दिनमा सुधार गर्दै कार्यक्रमलाई थप व्यवस्थित बनाउने समेत विकले दावि गर्नुभयो । साथै, स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सहयोग पु¥याउन उत्पादक किसानसँगै उपभोक्तालाई पनि स्थानीय उत्पादनको खरिद, बिक्री तथा उपयोगमा प्राथमिकता दिन नगरपालिकाले आग्रह गरेको छ । यसले तिहारजस्ता चाडपर्वमा आवश्यक फूल स्थानीय स्तरमै उत्पादन र उपभोग गर्ने वातावरण निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

दुलेगौँडामा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४७ र म्हः पूजा

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडामा बसोबास गर्ने नेवार समुदायले नेपाल सम्वत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना आदानप्रदान गरेका

शुक्लागण्डकीमा नेकपाको जागरण अभियान सुरु

दुलेगौंडा । केन्द्रदेखि जिल्ला तहले सुरु गरेको नेपाली कम्युनिष्ट पार्टीको जागरण अभियान शुक्लागण्डकी नगरपालिकामा पनि सुरु भएको छ । पार्टी संगठन

दुलेगौँडा खानेपानी समितिको ३४ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न

दुलेगौंडा । तनहुँको दुलेगौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको दुलेगौँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ३४ औँ वार्षिकोत्सव तथा १२

↑