तनहुँमा सर्च एण्ड स्विप अपरेसन, ९ जना प्रहरी नियन्त्रणमा
तनहुँमा लागुऔषध नियन्त्रण, अवैध मदिरा ओसारपसार तथा बिक्री नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ९ जना व्यक्ति नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले २०८३ साल मंसिर ८ गते जिल्लाका विभिन्न स्थानमा अपरेसन सञ्चालन गरेको हो ।
अपरेसनका क्रममा फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलगायतका विषयलाई समेत प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ९ जनामध्ये ४ जनालाई अनुसन्धानपश्चात् आफन्तको जिम्मा लगाइएको छ भने बाँकी ५ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कास्कीको मजुवामा दुर्घटना, शुक्लागण्डकीका पुरुषको मृत्यु
मजुवा । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा तनहुँका एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान करिब ११ बजे पोखराबाट
दुलेगौँडाको एकादशी बजार ब्यवस्थित बनाइने, कानुन र धर्मद्धारा बर्जित क्रियाकलापमा रोक
दुलेगौँडा । हरिबोधनी एकादशीका दिन दुलेगौँडास्थित पुलचोकमा लाग्ने मेलालाई थप ब्यवस्थित बनाउन शुक्लागण्डकी नगरपालिकाले पहल थालेको छ
हरिबोधनी एकादशी मेलालाई भव्य र व्यवस्थित बनाउने तयारी
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडास्थित पुलचोकमा लाग्ने ऐतिहासिक हरिबोधनी एकादशी मेलालाई यस वर्ष थप भव्य र व्यवस्थित बनाउने

प्रतिकृया दिनुहोस