तनहुँका दुई प्रहरी उपरिक्षकको सरुवा
दुलेगौँडा । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर क्षेत्रीको सरुवा भएको छ ।
मंगलबार आइजीपी डो मनोज केसीले देशभरका ६० प्रहरी उपरिक्षकहरुको सरुवा गर्ने निर्णय गरेसँग क्षेत्रीको सरुवा भएको हो । उनलाई सुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढी सरुवा गरिइको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखमा प्रहरी उपरिक्षक नरेशराज सुवेदी आउने भएका छन् । उनी काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामाबाट सरुवा भएर आउने भएका हुन् । क्षेत्रीले गत बर्षको भदौ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको नेतृत्व गरिरहेका थिए ।
यस्तै विच नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनहुँका प्रहरी उपरिक्षक महेश थापाको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरीको प्रधान कार्यालय अन्तर्गत सुचना विश्लेषण शाखामा सरुवा गरि रिक्त स्थानमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीबाट दिपक थापा आउने भएका छन् ।
आजदेखि छठ पर्व सुरु, छठ पर्व पहाडी तथा हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै
दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदा गरेको छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ
आज यमपञ्चकको मुख्य दिन, भाई टिका लगाइदै
यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका
कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी
तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न

प्रतिकृया दिनुहोस