ओमनमा ल्होसारको तयारी हुदै, गायक चिज गुरुङको प्रस्तुति रहने
दुलेगौँडा । गुरुङहरुको महान् पर्व ल्होसार ओमनमा पनि साँस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ । तमु समाज सलालह, ओमनले गत बर्ष झै यस बर्षपनि ल्होसारलाई भव्य रुपमा मनाउने तयारी गरेको हो । ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजले ल्होसार पर्व भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
जन्मभुमि भन्दा टाढा रहेपनि आफ्नो भाषा, कला, संस्कृति र पहिचानलाई जोगाइ राख्न कार्यक्रम गर्न थालिएको समाजका सचिव लालबहादुर गुरुङले बताए । उनका अनुसार कार्यक्रमका लागि तयारी सुरु गरिएको छ । आफ्नो समुदायको साँस्कृतिक प्रस्तुति कौराहा नाच र स्वागत नृत्यको तयारी गरिएको छ ।
कार्यक्रमको तयारी र व्यवस्थापनका लागि समाजका प्रमुख प्रवक्ता योगेश तमुको संयोजकत्वमा १४ सदस्यीय तमु मुप्रि ल्होसार मूल आयोजक समिति गठन समेत गरिएको छ। गठित समितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको छ ।
यसपटक ओमनमा रहेका नेपालीहरुलाई नचाउन चर्चित लोकदोहोरी गायक चिज गुृरुङ ओमन जाने भएका हुन् । लाइभ दोहोरीमा आफुलाई स्थापित गर्दै देश विदेश घुमिसकेका गुरुङले सलालाहमा प्रस्तुति दिने छन् । अघिल्लो बर्ष गायिका ममता गुरुङले ल्होसार कार्यक्रमलाई भव्य बनाएकी थिइन् ।
कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सवैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै तयारीलाई तीव्र पारिएको समाजकी अध्यक्ष लालमति तमुस्योले बताइन् । जहाँ रहेपनि आफ्नो समुदायको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने कर्तव्य सवैको भएकाले प्रदेशमै भएपनि सोही अनुरुप गत बर्षदेखि तमुहरु एकतावद्ध भएर कार्यक्रमको सुरु गरिएको उनको भनाई थियो । उपाध्यक्ष गिरबहादुर तमुले मातृभूमिदेखि टाढा रहेरपनि आफ्नो पहिचान र अस्तित्वको संरक्षण गर्न पाउनु सकारात्मक पक्ष रहेको बताए । उनले पनि ल्होसार कार्यक्रमलाई सफल पार्नका लागि एकतावद्ध भएर लागिपर्न सवैसंग आह्वान गरे ।
गुरुङहरुले यस पटक ह्युई ल्हो अर्थात् बिरालो वर्गलाई विदाई गरि मुप्रि ल्हो अर्थात् गिद्ध वर्गलाई स्वागत गदैछन् । सोही अवसरमा आयोजित कार्यक्रम यहि जनवरी १२ तारिक शुक्रबार हाम्दान प्लाजा होटेलको पुल साइड हलमा हुनेछ । कार्यक्रम अपरान्ह २ बजेदेखि शुरु हुने समाजले जनाएको छ ।
पाकिस्तानमाथि भारतको हवाई आक्रमण, ३० जनाको मृत्यु
भारत । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर ९पीओके० मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। बुधबार
अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को
ओमानमा नेपाली सांस्कृतिक कार्यक्रमको तयारी पुरा, पुगे कलाकार
ओमान । गुरुङ्ग समुदायले नयाँ बर्षको रुपमा मनाउने ल्होसार तथा अंग्रेजी नयाँ बर्षका अवसरमा प्रबासी नेपालीहरुले ओमानमा बृहत सांस्कृतिक कार्यक्रम

प्रतिकृया दिनुहोस