ओमानमा ल्होसार विशेष कार्यक्रम हुने
सुविना थापा/दुलेगौडा । गुरुङ(तमू) समुदायले नयाँ बर्षको रुपमा मनाउने ल्होसार पर्वको अवसरमा ओमानमा समेत विशेष कार्यक्रम हुने भएको छ ।

रोजगारीको शिलशिलामा ओमान पुगेका तमु समुदायका ब्यक्तिहरुको संस्था तमु समाज सलालाह ओमनको आयोजनामा ‘तमु सप्रि ल्होसार सांस्कृतिक कार्यक्रम २०८१’ हुने भएको हो । अंग्रेजी नयाँ बर्षको समेत अवसर पर्ने भएकाले ल्होसारलाई भब्यताका साथ मनाउन नेपालका चर्चित लोक गायिका शर्मिला गुरुङ्ग र नृत्याङ्गना नीतु गुरुङ्गलाई ओमान आमन्त्रण गरेको आयोजकले जनाएको छ ।
जनवरी ३ तारिख शुक्रबारका दिन सलालाहमा रहेको ओमनी महिला संघको अल असलाह हलमा ब्यापक नेपालीहरुको सहभागितामा कार्यक्रम गरिने कार्यक्रम संयोजक रुद्रबहादुर तमुले जानकारी दिनुभयो । तमु समुदायको संस्कृतिको समेत जगेर्ना गर्ने उदेश्यले गरिएको कार्यक्रम ओमानमा तेस्रो पटक आयोजना हुन लागेको हो ।
यस्ता कार्यक्रममा नेपाली संस्कृति अन्तराष्ट्रियकरण गर्नका लागि समेत सहयोग पुग्ने आयोजकको दावि रहेको छ । दिउँसो २ बजेबाट हुने कार्यक्रममा ओमानमा रोजगारीका लागि पुगेका अन्य कलाकारहरुको समेत प्रस्तुती समेटिने आयोजकले जनाएको छ । यस बर्ष तमु समुदायले मुप्रि ल्हो अर्थात गिद्ध वर्गको विदाई गरेर सप्रि ल्हो अर्थात सर्प वर्गको स्वागत गरेर ल्होसार मनाउने तयारी गरेका छन् ।
पाकिस्तानमाथि भारतको हवाई आक्रमण, ३० जनाको मृत्यु
भारत । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर ९पीओके० मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। बुधबार
अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को
ओमानमा नेपाली सांस्कृतिक कार्यक्रमको तयारी पुरा, पुगे कलाकार
ओमान । गुरुङ्ग समुदायले नयाँ बर्षको रुपमा मनाउने ल्होसार तथा अंग्रेजी नयाँ बर्षका अवसरमा प्रबासी नेपालीहरुले ओमानमा बृहत सांस्कृतिक कार्यक्रम

प्रतिकृया दिनुहोस