• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

रेडियो ढोरबाराहीमा गुरुङ र मगर भाषाका कार्यक्रम प्रशारण हुने 

दुलेगौँडा । तनहुँको दुलेगौडाबाट प्रशारण हुने रेडियो ढोरबाराहीले अब आदिबासी समुदायको भाषा संरक्षण गर्न गुरुङ र मगर समुदायका भाषामा कार्यक्रम उत्पादन गरी प्रशारण गर्ने भएको छ । आदिबासी जनजाती समुदाय अन्तर्गत गुरुङ र मगर समुदायको भाषा, संस्कार र संस्कृती लोप हुने संघारमा रहेकाले रेडियोले यि दुई भाषाका कार्यक्रम प्रशारण गर्ने तयारी गरेको हो । 


भाषा कार्यक्रम सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिकामा सक्रिय आदिबासी जनजाती नगर समन्वय परिषद्सँग सहकार्य गर्ने रेडियोका स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माले परिषद सदस्य तथा भाषा कार्यक्रमका संयोजक विर्सना श्रेष्ठसँग रेडियो कार्यक्रम उत्पादन र प्रशारणको सम्झौता भएको बताउनुभयो । 


श्रेष्ठले रेडियो मार्फत आदिबासीको भाषालाई प्राथमिकता दिदाँ संरक्षणसँगै पुस्तान्तरणमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले अन्य रेडियोहरु मार्फत पनि आदिबासीको भाषामा आधारित कार्यक्रमलाई समेट्न प्रयास गर्ने बताउनुभयो ।


रेडियोको १४ औँ बार्षिकोत्सवको अवसर पारेर गत आइतबार श्रेष्ठ र विश्वकर्मा विच सम्झौता भएको थियो । सम्झौता अनुसार गुरुङ भाषाको कार्यक्रम अव प्रत्येक सोमबार विहान ९ः१५ देखि १० बजेसम्म र पुन प्रसारण मंगलबार साँझ ५ः१५ देखि ६ बजेसम्म प्रशारण हुनेछ । कार्यक्रम नौमाया गुरुङ्गले सञ्चालन गर्नुहुनेछ । मगर भाषा सञ्चालन गर्ने प्रस्तोताको नियुक्त गरि छिट्टै सञ्चालनमा आउने रेडियोले जनाएको छ ।  


शुक्लागण्डकीमा ९ जातीका आदिबासी जनजाती समुदायको बसोबास रहेको पाईन्छ । 
 

प्रतिकृया दिनुहोस

सिप विकासको क्षेत्रमा शुक्लागण्डकी जेसिज उत्कृष्ट

दुलेगौँडा ।  शुक्लागण्डकी जेसीजलाई नेपाल जेसीजको ५२ औँ राष्ट्रिय सम्मेलन २०२५ मा महत्वपुर्ण उपलब्धि हासिल गरेको छ । जनकपुर जेसीजको आतिथ्यमा सन् १९

तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि

उन्नती कृषि सहकारीको साधारण सभा सम्पन्न, ९१ लाख नाफा कमाउने लक्ष्य

दुलेगौँडा । उन्नती कृषि सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।   दुलेगौँडामा सम्पन्न  साधारण सभामा जिल्ला सहकारी संघ