• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

भिमाद नगरपालिकाद्धारा ६३ करोड ७२ लाखको बजेट सार्वजनिक

भिमाद  । तनहुँको भिमाद नगरपालिकाले ६३ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २० औं अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ का लागि पारित गरिएको बजेट विहिवार सार्वजनिक गरिएको हो ।

 

चालुतर्फ ४३ करोड ९१ लख र पुँजीगत तर्फ १९ करोड ८१ लख रुपैया रहेको छ । आर्थिक विकासमा ३ करोड ५५ लाख, सामाजिक विकासतर्फ ३५ करोड ५९ लाख, पूर्वाधारतर्फ १३ करोड ४९ लाख ४० हजार रुपैया विनियोजन गरिएको छ । कुल बजेटको ६८.९० प्रतिशत चालु र ३१.१० प्रतिशत बजेट पुँजीगततर्फ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा नगरले २ करोड रुपैया आन्तरिक आय उठाउने लक्ष्य राखेको छ । ९ वटै वडाका वडास्तरीय योजनाकोलागि ७ करोड ९९ लाख ९५ हजार रुपैया छुट्याइएको छ ।

 

वार्षिक नगर विकास योजना पुस्तिकाको पूर्व मन्त्री किरण गुरुङ्गले सार्वजनिक गर्दै निति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका विषयलाई केन्द्रित गर्दै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको समयमा उत्पादनमुलक क्षेत्रमा लगानी गरि नगरवासीले उच्चतम लाभ लिन सक्ने खालका योजना ल्याउनुपर्ने उल्लेख गरे । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रित रहि तीन वटै सरकारसँग समन्वय गरी विकासका योजना कार्यान्वय गरेर समृद्ध भिमाद बनाउनतर्फ लाग्न आग्रह गरे । नेता गुरुङले संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न संसदले कानुन बनाउनुपर्नेमा सो अनुरुप कानुन बन्न नसक्दा संघीयतामाथि प्रश्न उठिरहेको टिप्पणी गरे ।

 

नगर प्रमुख दधिराज सुवेदीले विनियोजित बजेट समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहने बताए । कार्यक्रममा नगर उपप्रमुख शारदा खनाल, अग्रज पत्रकार विश्वबन्धु भण्डारी, नगर प्रवक्ता पदमसेन ठकुरी, नेपाली काङ्ग्रेस भिमाद नगर कार्यसमिति सभापति अरविन्द्र श्रेष्ठ, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमान बहादुर थापा, नेकपा माओवादी केन्द्र भिमादका अध्यक्ष अमृत सिग्देल, राष्ट्रिय जनमुक्तिका मुक्त बहादुर थापा, नेकपा एसका मनिलाल थापा, जनज्योती क्याम्पसका क्याम्पस प्रमुख केशव काफ्ले, जनज्योती माविका सहायक प्रधानाध्यापक सुरज लम्साल, तनहुँ प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पौडेल लगायतले बोलेका थिए । असार १० गते शुरु भएको नगर सभा २७ गते सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सिप विकासको क्षेत्रमा शुक्लागण्डकी जेसिज उत्कृष्ट

दुलेगौँडा ।  शुक्लागण्डकी जेसीजलाई नेपाल जेसीजको ५२ औँ राष्ट्रिय सम्मेलन २०२५ मा महत्वपुर्ण उपलब्धि हासिल गरेको छ । जनकपुर जेसीजको आतिथ्यमा सन् १९

तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि

उन्नती कृषि सहकारीको साधारण सभा सम्पन्न, ९१ लाख नाफा कमाउने लक्ष्य

दुलेगौँडा । उन्नती कृषि सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।   दुलेगौँडामा सम्पन्न  साधारण सभामा जिल्ला सहकारी संघ