• सोमबार ५-८-२०८३/Monday 08-24-2026
  • ON AIR
  • UP NEXTOpening Tone

विभेद विरुद्ध नयाँ भाष्य स्थापना गर्न समता फाउण्डेशन सक्रिय

दमौली ।  जातीय, लैंगिक र यौनिक क्षेत्रमा विद्यमान गलत भाष्यहरुलाई परिवर्तन गर्न समता फाउण्डेशन नेपालले अभियान सञ्चालन गर्ने भएको छ ।

परम्परागत सोचलाई परिवर्तन गरि नयाँ भाष्य स्थापना गर्नुपर्ने भएकाले अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएका हुदाँ फाउण्डेशनले पहल थालेको अध्यक्ष डा मदनप्रसाद परियारले बताउनुभयो । उहाँले नयाँ भाष्य स्थापना गर्दा विद्यमान विभेद कम हुने समेत उदेश्य रहेको बताउनुभएको छ ।

 

 
अभियानका क्रममा आइतबार तनहँुको दमौलीमा सरोकारवालाहरुसँग कुरा गर्दै फाउण्डेशनका प्रतिनिधिहरुले दलित, महिला, अपाङ्गता भएका ब्यक्ती र लैङ्गिक अल्पसंख्यकहरुको समस्याबारे जानकारी लिएका छन् । फाउण्डेशनका गोपाल नेपालीले समस्याको खोजी गरेर समाधानका लागि पहल गर्दै आएको जनाउदै आगामी दिनमा पनि खोज र अनुसन्धानलाई प्राथमिकता दिने बताउनुभयो ।

 

दमौलीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा तनहुँमा सक्रिय विभिन्न गैरसरकारी संस्थाहरुका प्रतिनिधि र अभियान्ताहरुले सम्वन्धित क्षेत्रका समस्या, चुनौती र अवसरहरुको बारेमा जानकारी गराएका थिए । फाउण्डेशनले जातीय, लैङ्गिक र यौनिक अल्पसंख्यकका चुनौतीलाई बुझ्न देशभर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा