• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा आजबाट धार्मिक महोत्सव हुने 

दुलेगौँडा ।  आज साउनको तेस्रो सोमबार । आज देशभरका शिवालय क्षेत्रको रौनक धार्मिक उत्सवमय बनेको छ । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना समेत मानिन्छ । साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।


साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ । आज पशुपतिनाथको मन्दिर सहितको तनहुँको देवघाटमा विशेष रौकन देख्न सकिन्छ ।

 

यता शुक्लागण्डकी नगरपालिकाका २ गाछेपानीमा आजबाट श्रीमद भागवत ज्ञान महायज्ञ सहित बोलबम धार्मिक महोत्सव सुरु हुदैछ । विहान १ १ बजेबाट कलश यात्रा सहित शुभारम्भ हुने धार्मिक महोत्सवको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।

 

यस्तै झरौटा स्थित शिव पञ्चायन मन्दिरमा आयोजना गरिएको शिव महिमा सत्संग महायज्ञ आजै समापन गर्ने तयारी छ । यस्तै अन्य शिवालय क्षेत्रमा समेत विशेष पुजाआरधना भईरहेका छन् ।  

 

तराईका विभिन्न जिल्लाबाट खाली खुट्टा बोलबम यात्रा गरेर आएका तिर्थयात्रीहरु साउने सोमवारको विहानै सुन्दरीजल पुगेका छन् । त्यहाँको जल बोकेर पशुपतिमा जाने परम्परा छ ।
 

प्रतिकृया दिनुहोस

योग दिवसमा सुर्य नमस्कार प्रतियोगिता

दुलेगौंडा /माघ १ । शुक्लागण्डकी, तनहुँ — श्री मुक्तिनाथ च्यवनधाम मन्दिर, शुक्लागण्डकीमा आयोजित राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सम्पन्न

तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि

चाडबाड लक्षित बजार अनुगमन सुरु 

दुलेगौँडा । नेपाली समुदायको महान पर्वहरु नजिकिन थालेसँगै शुक्लागण्डकी नगरपालिकाका बजार क्षेत्रमा अनुगमन सुरु गरिएको छ । नगरपालिकाले चाडपर्वमा