तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल
आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: पुनर्मिलनको योग रहेको छ र प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ। रिसराग नियन्त्रण गर्न जरूरी छ।
वृष: इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। नयाँ अतिथिको रूपमा सत्कार पाउन सकिनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ रहेको छ। टाढिएका मित्रसँग नजिकिने समय छ।
मिथुन: आफन्तको प्रगतिमा मन रमाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। साँझमा पैसा खर्च हुने योग छ। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो ।
कर्कट: कला र गलाको प्रभाव बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफ्नो प्रबल इच्छाशक्तिका कारणले लक्ष्यमा पुग्न सहयोग मिल्नेछ , तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन् ।
सिंह: बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ र प्रेमीसँग मधुर मिलन पनि हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।
कन्या: मित्रबाट विशेष सहयोग मिल्नेछ र आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ अतिथिको रूपमा सत्कार पाउन सकिनेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ भने कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।
तुला: गरेका कार्यमा ढिलासुस्ती हुनेछ। आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।
वृश्चिक: शुभ समाचार सुन्न पाइएला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ र मित्रबाट विशेष सहयोग मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ, तर आहार विहारको ख्याल गर्नुहोला ।
धनु: नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पुनर्मिलनको योग पनि रहेको छ। घरमा अतिथिको आगमन हुनेछ भने विद्या र बुद्धिको विकास हुनेछ।
मकर: साथीको याद बढी आउनेछ र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्ने छन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्दव्यापार कमजोर रहला ।
कुम्भ: दबाब र तनाव बढेको महसुस हुनेछ। समारोहमा सरिक हुने सम्भावना छ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला । धार्मिक वा दार्शनिक पुस्तक पढ्दा राम्रो हुनेछ।
मीन: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ र धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ भने सुखद र धार्मिक यात्राको योग छ ।
योग दिवसमा सुर्य नमस्कार प्रतियोगिता
दुलेगौंडा /माघ १ । शुक्लागण्डकी, तनहुँ — श्री मुक्तिनाथ च्यवनधाम मन्दिर, शुक्लागण्डकीमा आयोजित राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सम्पन्न
शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा आजबाट धार्मिक महोत्सव हुने
दुलेगौँडा । आज साउनको तेस्रो सोमबार । आज देशभरका शिवालय क्षेत्रको रौनक धार्मिक उत्सवमय बनेको छ । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना
चाडबाड लक्षित बजार अनुगमन सुरु
दुलेगौँडा । नेपाली समुदायको महान पर्वहरु नजिकिन थालेसँगै शुक्लागण्डकी नगरपालिकाका बजार क्षेत्रमा अनुगमन सुरु गरिएको छ । नगरपालिकाले चाडपर्वमा

प्रतिकृया दिनुहोस