• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRJindagi Rocks
  • UP NEXTDhorbarahi Highlights

योग दिवसमा सुर्य नमस्कार प्रतियोगिता

दुलेगौंडा /माघ १ । शुक्लागण्डकी, तनहुँ — श्री मुक्तिनाथ च्यवनधाम मन्दिर, शुक्लागण्डकीमा आयोजित राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सम्पन्न कार्यक्रममा १५० भन्दा बढी साधक–साधिकाले २०० पटकको सूर्य नमस्कार प्रतियोगितामा सहभागिता जनाएका छन्।

प्रतियोगितामा सहभागीमध्ये ३० जनाले सूर्य नमस्कार पूर्णरूपमा सम्पन्न गरेका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने तीन जनालाई क्रमशः प्रथम मनिषा थापा, द्वितीय अमिता श्रेष्ठ र तृतीय श्रद्धा लामिछाने घोषित गरिएको थियो।

कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथिको रूपमा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले सहभागिता जनाउनुभएको थियो। उहाँले योग शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यावश्यक रहेको बताउँदै नगरपालिकाले योग प्रवर्द्धनका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालकका रूपमा बालाराम पाण्डेले सञ्चालन गर्नुभएको थियो भने सभापतिका रूपमा पतञ्जलि योग समिति, शुक्लागण्डकी नगरका अध्यक्ष मिनबहादुर भुजेलले जिम्मेवारी सम्हाल्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य नगर समितिका उपाध्यक्ष बालकृष्ण बिकले गर्नुभएको थियो भने शुभकामना मन्तव्य पतञ्जलि योग समिति आजीवन सदस्य लक्ष्मी थापाले व्यक्त गर्नुभएको थियो। मिनबहादुर भुजेलले कार्यक्रममा साधक–साधिकाले देखाएको उत्साह र सहभागिताबारे जानकारी दिनुभयो।

कार्यक्रम अन्तर्गत महामृत्युञ्जय मन्त्रको अखण्ड होमन पनि सम्पन्न गरिएको थियो। पतञ्जलि योग समिति, महिला पतञ्जलि योग समिति तथा शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा योग, ध्यान र आध्यात्मिक अभ्यासमार्फत स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्य रहेको आयोजकहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस

पोखरादेखि ढोरबाराही मन्दिरसम्म साइकल यात्रा हुने

दुलेगौँडा । स्वास्थ्य, वातावरण संरक्षण र इन्धनको खपत घटाउने सन्देश प्रवाह गर्न पोखरादेखि तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरसम्म बृहत्

तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि

शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा आजबाट धार्मिक महोत्सव हुने 

दुलेगौँडा ।  आज साउनको तेस्रो सोमबार । आज देशभरका शिवालय क्षेत्रको रौनक धार्मिक उत्सवमय बनेको छ । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना