क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई
पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको विकास गर्ने र बसाई सराई रोक्ने उदेश्य सहित सात सय बाहकोट सम्पर्क मञ्चले पुतलीबजार ९ कोल्मामा आयोजना गरेको २५ किलोमिटर दुरीको दौड रावलले १ घण्टा २७ मिनेट ३० सेकेन्डमा पार गर्दै उपाधी जितेका हुन् ।

उक्त दुरी १ घण्टा २९ सेकेण्ड १८ सेकेन्डमा पार गर्दै आर्मीकै अर्जुन बुढा द्धितीय र १ घण्टा ३१ मिनेट १७ सेकेण्डमा दुरी पुरा गरेका संखुवासभाका तेन्जीङ शेर्पा तृतीय भए । शेर्पा सिंगापुर पुलिसमा कार्यरत रहेका छन् । २५ किलोमिटर तर्फ प्रथम द्धितीय र तृतीय भएकाहरुले क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै १० किलोमिटर महिला तर्फ आर्मीकी सृजना पाण्डे प्रथम, दैलेखकी द्रोपना कुमारी कठायत द्धितीय र भोजपुरकी अनिता राई तृतीय भईन् । सोही दुरीमा पुरुष तर्फ सल्यानका बविन योगी प्रथम, हुदाँ कपिलबस्तुका अजय पाण्डे क्षेत्री द्धितीय र बाग्लुङका बादल कार्की तृतीय भएका छन् । १० किलोमिटर तर्फ प्रथम द्धितीय र तृतीय भएका महिला र पुरुष दुवै समुहका विजेताहरुले क्रमश : २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ किलोमिटर दुरीको छात्र÷छात्रा दौड प्रतियोगितामा छात्रा तर्फ मेघराज मावि कास्की माछापुछ्रेकी एन्जिला जिटी प्रथम, तालबेसी मावि शुक्लागण्डकीकी सपना परियार द्धितीय र मेघराज मावि कास्कीकै रोशनी नेपाली तृतीय भईन् । यस्तै छात्र तर्फ मकवानपुरका रोशन स्यानत्याङ्ग प्रथम, स्याङ्जा भिरकोटका सुजन कार्की द्धितीय र स्याङ्जा विरुवाका विशाल राना तृतीय भए । उनीहरुले क्रमश ८ हजार, पाँच हजार र तीनहजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सकियो लेखनाथ महोत्सव, तीन लाख ३५ हजार दर्शकले गरे अवलोकन
लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ सञ्चालित २१ औं लेखनाथ महोत्सव ११ करोडभन्दा बढीको
कोल्मामा क्रसकन्ट्रि दौड प्रतियोगिता हुने
स्याङ्जा । स्याङ्गजा कोल्माको विकासका लागि यस बर्ष पनि क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । बसाइसराई र विदेश मोहका कारण रित्तिदै जान थालेको
तीनखोले देवि मन्दिर क्षेत्रमा सरसफाई
खैरेनीटार । श्रावण महिनाभर पुजा आराधना बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक स्थल तीनखोले देविको मन्दिर परिसरमा विहीबार सरसफाई गरिएको छ । भाद्र

प्रतिकृया दिनुहोस