सकियो लेखनाथ महोत्सव, तीन लाख ३५ हजार दर्शकले गरे अवलोकन
लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूलनाराका साथ सञ्चालित २१ औं लेखनाथ महोत्सव ११ करोडभन्दा बढीको कारोबार गर्दै सोमबार सम्पन्न भयो । १२ दिनसम्म सञ्चालित महोत्सवको अन्तिम दिनसम्म आइपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सव अवलोकन गरेको प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।

सोमबार महोत्सव समापन समारोहलाई पोखराका मेयर धनराज आचार्यले सम्बोधन गरेका थिए । उनले महानगरपालिकाका प्रमुख व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र बिक्रेतालाई एकै ठाउमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने गरेको बताए । उनले जेनजी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षति र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थिक अवस्था कसरी सुधार गर्न सकिन्छ भन्नेबारे हामीहरु चिन्तनशील हुनुपर्ने बताए ।
पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरी महानगरले सहजीकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्पोर्टस् सञ्चालन गर्ने योजना रहेको भए पनि ३ वर्षदेखि सो योजना अघि बढ्न नसकेको बताए । उनले उक्त योजना सञ्चालन गर्न ढिला भइसकेको बताउँदै यसलाई अघि बढाउन स्थानीयको साथ सहयोगको अपेक्षा व्यक्त गरे । प्रमुख आचार्यले पोखरा–मुगलिन सडक निर्माणको अन्तिम चरणमा रहेको बताउँदै यसपश्चात् पोखरा–लेखनाथको दूरी घट्ने बताए । उनले लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको बताउँदै बरु विकासका ठूला योजनालाई लेखनाथमा केन्द्रित गरिएकाले अबका दिनमा लेखनाथवासीले आफूहरु मर्कामा परेको अनुभूति गर्नुनपर्ने बताए ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघसंस्था र उद्योगी व्यवसायी बसेर एकीकृत विकासका योजना बनाउन आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान स्थापित गर्न सफल भएको बताइन् । उनले महोत्सव सफल हुनुमा सम्पूर्ण लेखनाथभित्रका संघसंस्था, आमा/महिला समूहहरू र समग्रमा सम्पूर्ण लेखनाथवासीको एकताकै कारण सम्भव भएको भन्दै सबैमा आभार व्यक्त गरिन् ।
महोत्सवमा ९ करोड बराबरको आर्थिक कारोबार तथा २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य रहेको भए पनि सोचेभन्दा बढी सफलता हात पारेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ अध्यक्ष पराजुलीको दाबी छ । कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई समापनमा सम्मान गरिएको थियो । महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने भएको छ ।
संघ अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरे ।
क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई
पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको
कोल्मामा क्रसकन्ट्रि दौड प्रतियोगिता हुने
स्याङ्जा । स्याङ्गजा कोल्माको विकासका लागि यस बर्ष पनि क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । बसाइसराई र विदेश मोहका कारण रित्तिदै जान थालेको
तीनखोले देवि मन्दिर क्षेत्रमा सरसफाई
खैरेनीटार । श्रावण महिनाभर पुजा आराधना बन्द रहेको तनहुँको प्रसिद्ध धार्मिक स्थल तीनखोले देविको मन्दिर परिसरमा विहीबार सरसफाई गरिएको छ । भाद्र

प्रतिकृया दिनुहोस